बजेटको सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूको सवाल र अर्थमन्त्रीको जवाफ (पूर्णपाठ) – Nepal Press

बजेटको सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूको सवाल र अर्थमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ । बैठकमा ४३ जना सांसदले राखेको प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको हो ।

छलफलमा उठाइएका विषयहरुप्रति सरकार संवदेनशील रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले सांसदहरुले दिएका सुझावहरुलाई बजेट निर्माण गर्दा यथेष्ट पृष्ठपोषणको रुपमा लिइ सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘भर्खरै भएको नयाँ सत्ता समीकरणमा संलग्न राजनीतिक दलका तर्फबाट न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तयार भएको छ । यो दस्तावेजलाई मूल आधार मान्दै जनताको तीव्र विकासको चाहना पूरा गर्न र समृद्धिको यात्रालाई गति दिन सरकारले दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

अर्थतन्त्रमा केही चुनौती देखापरेको बताउँदै उनले उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीब्रता दिन र निजी क्षेत्रलाई विश्वासमा लिई अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्री पुनले भने, ‘वर्तमान आर्थिक शिथिलताको अवस्था अन्त्य गर्न सरकारले ठूला र निर्माणाधिन आयोजनालाई अगाडि बढाउने र विकास वित्तका लागि आन्तरिक र बाह्य स्रोतको अधिकतम परिचालन गर्ने नीति लिइनेछ । स्वदेशी र बाह्य पूँजी परिचालनका लागि अनुकूल वातावरण निर्माण र आवश्यक सहजीकरण गरिनेछ । सरकारको वित्त नीति र मौद्रिक नीतिबीच उचित समन्वय गरी अर्थतन्त्र चलायमान बनाउन आवश्यक थप प्रबन्ध गरिनेछ ।’

यस्तो छ बैठकमा ४३ जना सांसदले राखेको सवाल र अर्थमन्त्री पुनको जवाफः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर