स्रोत, साधन र ऋणभारको अन्तरसम्बन्ध- समृद्धिको गाँठो – Nepal Press

स्रोत, साधन र ऋणभारको अन्तरसम्बन्ध- समृद्धिको गाँठो

धनी बन्ने रहर र समृद्धिको चाहनामा नवविकास, क्षमता प्रस्फुटन, आत्मसन्तुष्टिका लागि अधिक मात्रात्मक प्राप्ति वा आर्जनका लागि प्रतिस्पर्धा र होडबाजीमा केन्द्रित छ । विश्व राजनीति, भौतिक मानव विज्ञान, अर्थनीति र आर्थिक व्यवस्था एवं विद्यमान प्रणाली सारमा भन्नुपर्दा विभाजन नीति र अनेक धर्म नीति निहित छन् । यी मानवसमर्थित नीति हुन् ।

मानव अस्तित्व, सन्तुष्टि र जीवनको वास्तविक धेय प्राप्त गर्न शान्ति, समृद्धि, ज्ञान र चेतना (शिक्षा) अपरिहार्य मानिन्छ । यसका लागि आहार व्यवहार र योग विज्ञानबाट आचरण, आदर्श, पवित्रताप्रतिको विचारले सत्य अर्थात् मानवीय एक धर्म नीति, जो अनेकतामा एकताको नीतिमा निहित छ । जो आदर्श नीति हुन् ।

इमानदारी, लगन, विश्वास, संकल्प र समर्पणले सम्भावना सुनिश्चित गर्छ, जसको निरन्तरता र अभ्यासले लक्ष्य पूर्णता एवं विशिष्टतासम्म सुनिश्चित गर्ने साहस मानवमा जीवित रहन्छ । तर, आजको संसारसम्म आइपुग्दा यही दुई मिश्रित विचार र अन्तरद्वन्द्वमा अल्झिएको प्रस्ट देखिन्छ । कि यस्तो अवस्थामा यथार्थबोध र अनुशरण गर्दै उपलब्ध साधनको उचित प्रयोगभन्दा पनि अधिकतम प्रयोग र आपूर्तिका लागि स्रोतको अधिकतम खोजी, वृृद्धि, उपलब्धता समृद्धिको मूल हो, हुनुपर्छ । तर, वस्तु विज्ञान र भ्रमित राजनीतिक व्यवस्था र अभ्यासबाट निर्देशित अन्य अल्पकाले ज्ञानबाट निर्देशित नीति निर्णयको बन्धक बनेको छ समाज र राष्ट्रिय नीति, जसका कारण विचलन, विस्थापन र विलयको बाध्यकारी मानसिकता निर्माण र लाचारीको स्वीकारोक्ति सर्वोत्तम वैकल्पिक भन्ने सूक्ष्म विषय विस्तार नीतिबाट प्रभावित र ग्रसित बन्दैछ, वर्तमान अवस्था ।

त्यसैले वर्तमानमा सचेत हुनु र प्रतिरोधात्मक क्षमता र उपायको अवलम्बन गर्दै विषमुक्त नीतिको अभियानमा जुट्न र बुझ्न जरुरी छ । दूषित विषादीयुक्त भोजन जस्तै विषादीयुक्त आर्थिक संयन्त्रको विकास र विस्तार हाम्रो बाध्यता र लाचारीको द्योतक बनेको छ । सामूहिक त्याग, संकल्प र विस्थापनका लागि प्रण गर्दै आन्तरिक स्वदेशी साधनको अधिकतम प्रयोग र उत्पादन गर्दै स्रोतको व्यवस्थापन, अधिकतम उपलब्धता र खोजीमा केन्द्रित हुनुपर्छ ।

अधिकतम साधनको उपलब्धताले समृद्धि र सुरक्षा मानी हाम्रो समाजमा स्रोत र स्रोतको निर्माण मुख्य हो भन्ने स्पष्टता आउनुपर्ने हुन्छ । अधिकतम पैसा या नगदजन्य स्रोत, अधिकतम समृद्धि सम्पन्नताको द्योतक हो । यसको प्रयोजन उपयोग वा अधिकतम उपयोगमा निहित छ भन्ने बुझ्नुपर्छ ।

आर्थिक दृष्टिकोणबाट स्रोतको आधार अर्थ अर्थात् पैसा, नगद, रकम, नगद उपकरण र वस्तु, सुन र लगानी आदि हो । यसको उपयोग्य सम्पत्ति अर्थात् साधनको आर्जन र सहज उपलब्धताको लागि हो । अधिकतम साधनको उपलब्धताले समृद्धि र सुरक्षा मानी हाम्रो समाजमा स्रोत र स्रोतको निर्माण मुख्य हो भन्ने स्पष्टता आउनुपर्ने हुन्छ । अधिकतम पैसा या नगदजन्य स्रोत, अधिकतम समृद्धि सम्पन्नताको द्योतक हो । यसको प्रयोजन उपयोग वा अधिकतम उपयोगमा निहित छ भन्ने बुझ्नुपर्छ । आर्थिक असन्तुलन पैसा र साधनको प्रयोजन यसप्रतिको दृष्किोणमा निर्भर छ ।

यहाँ प्रश्न उठ्छ- के साधनको अधिकतम उपयोग र खपतले गरिबी निम्त्याउँछ ? के उचित उपयोगको सिद्धान्त अझै आवश्यक छ ? धन र सम्पन्नताको सूत्रधार स्रोत आर्जन कि साधनको आर्जन भन्ने अन्तरद्वन्द्वमा फसेको छ नीति निर्माताहरु । त्यसैले गहिरो अध्ययन र अभ्यास नितान्त आवश्यक छ । सबल (धनी), सम्पन्न व्यक्ति, समाज र राष्ट्रको सुनिश्चितता कसरी भन्ने चेत र बुझाइको प्रस्टीकरणले दीर्घकालीन समृद्धिको लक्ष्य तय हुनेछ, यो आवश्यक छ । सम्पन्नता र समृद्धिका लागि स्रोतको खोजी, वृद्धि, अधिकतम उपलब्धता र यसका लागि साधनको अधिकतम प्रयोग र खपत आवश्यक छ । चेतना र चलाखीपूर्ण स्वदेशी उत्पादित साधनको उपयोग देशभित्र र बाहिर बढाउनुको विकल्प छैन । स्वदेशी वस्तु र सेवाको माग बढाएर उत्पादनमा उत्साह थप्न सकिन्छ । यसले आयस्रोत बढ्छ । आजभोलि समाज र बजारको स्वभाव हेर्दा सम्पन्नताको अर्थ उत्पादित वस्तुको भण्डारण र सुरक्षा अर्थात् बाँच्ने व्यवस्था र जोहो मिलाउनु हो । यस्तो अवस्थामा आर्थिक वृद्धि कसरी सम्भव छ ?

यो नै गरिबी र परनिर्भरताको मुख्य कारण हो । तर, समृद्धिका लागि उत्पादित वस्तुको उचित मूल्य कायम, माग र खपत बढाइ स्रोतको व्यवस्थापन र स्रोतको समुचित विस्तार अर्थात् लगानीको वातावरण बनाउनु होला । खपत बढाउनु हरेक नागरिक सचेत हुँदै प्रवर्द्धनमा समर्पित हुनुपर्छ । देशले अन्तरदेशीय व्यापार विस्तारको लागि खरिदकर्ताको मिलनका लागि साझा संयन्त्र विकास र सार्वजनिक माध्यम प्रदान गर्नुपर्छ । विदेशिने हरेक नेपालीले ५ जना विदेशीलाई नेपाली स्वाद, वस्तु, पहिरन, साधन, संस्कृति र भ्रमणका लागि जोड्नु-जोडाउनु उत्तरदायित्व र जिम्मेवारी बुझे भने पनि देश बनाउन सहज हुनेछ ।

चेतना र चलाखीपूर्ण स्वदेशी उत्पादित साधनको उपयोग देशभित्र र बाहिर बढाउनुको विकल्प छैन । स्वदेशी वस्तु र सेवाको माग बढाएर उत्पादनमा उत्साह थप्न सकिन्छ । यसले आयस्रोत बढ्छ । आजभोलि समाज र बजारको स्वभाव हेर्दा सम्पन्नताको अर्थ उत्पादित वस्तुको भण्डारण र सुरक्षा अर्थात् बाँच्ने व्यवस्था र जोहो मिलाउनु हो । यस्तो अवस्थामा आर्थिक वृद्धि कसरी सम्भव छ ?

विदेशिने प्रवृत्तिबाट देशले फाइदा लिनसक्ने थियो, भविष्य निर्माणमा सहयोग हुने थियो, विश्वव्यापीकरण र खुला अर्थतन्त्रको फाइदा नागरिक सचेत रहँदाको अवस्थामा मात्र हुन्छ । अन्यथा परनिर्भरताले जर्जर अवस्थामा बाह्य वस्तुको माग र प्रवेश बढ्नु तथा स्वदेशी वस्तुको मूल्य वास्तविक मूल्यभन्दा झन् न्यून हुनु र देखिनु रणनीतिक चुक, निरुत्साहित नीतिको प्रभाव हो भन्ने बुझ्न जरुरी छ । आज हामी परनिर्भर र आर्थिक असन्तुलनको चपेटामा छौं । असफलता र असहजताबाट क्षमतामाथि प्रश्न उठेको विद्यमान अवस्थामा युवाहरु राष्ट्रियताप्रति सचेत हुनुपर्नेमा नभइ समयको बाध्यतामा पुगे, उद्योग र व्यापारबाट हुने नाफाबाट निरुत्साहित भए । यो राज्य संयन्त्रको मात्रै दोष हो कि ? सीमित ठूला व्यापारीको नियन्त्रणमा छ हाम्रो अर्थतन्त्र । यसले औद्योगीकरणको सम्भावना र विकासको अवसरसमेत देखिँदैन ।

सचेतनापूर्वक नीति निर्माण र नीतिको प्रयोजन आजको आवश्यकता हो । भविष्य खोजीको लागि विदेशिने हरेक युवाले वास्तविकता बुझ्दै कसरी हुन्छ, स्वदेशमात्रको विकास सोचेनन् भने झनै कठिन हुनसक्छ, हाम्रो राष्ट्रिय संकल्प र राष्ट्रिय अभिभारा । यसलाई पूरा गर्न नेपाली गुन्द्रुक, मसुरी खाद्यान्न, फलफूलदेखि सिस्नो सँगसँगै लालुपातेको महत्व सुनाउन आवश्यक छ । यहाँको सेवा बेच्ने-बेचाउने माध्यममात्र बने भने पनि नेपालीको भविष्य सुन्दर र आय उच्च हुने थियो । यसले पनि देशको भाग्य र भविष्य निर्माण गर्न सहज हुने थियो ।

त्यसैले देशभित्र वा बाहिर जहाँ भए पनि अर्थका स्रोतको जोहोमा जुटौं, स्वदेशी वस्तुको अधिकतम खपत बढाउनेबारे सोचौं । यसले ऋणभार र व्यापार घाटामा प्रभाव पार्नेछ, जसले विषादीमुक्त अर्थ नीति विकासमा टेवा हुनेछ । जब स्रोतको दायरा कम हुन्छ, देशले ऋण लिएरै भए पनि उपभोग्य वस्तु र आवश्यकता पूरा गर्न सम्भव हुन्छ । देश परनिर्भरताको चंगुलबाट टाट पल्टिन्छ । त्यसैले समयमै स्रोत निर्माणका लागि बचत नीति, लगानी नीति, खपत नीतिप्रतिको सोच बदलौं । देशले समृद्धिको मार्ग तय गर्छ । समृद्धिको खोजीमा भौंतारिने नेपालीले समृिद्ध विदेशमा हैन, स्वदेशमै पाउँछन् । सम्भव छ, समय छँदै लागौं, दीर्घकालीन समाधान र समृद्धिमा एकजुट होऔं ।

(लेखक नेपालको दिगो विकास तथा मौद्रिक नीतिका शोधकर्ता हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *