हुम्लाको राया गाउँका सरकारी कार्यालयमा विद्युत् सेवा – Nepal Press

हुम्लाको राया गाउँका सरकारी कार्यालयमा विद्युत् सेवा

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ ।

रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियो भने बुधबारदेखि चौबिसै घण्टा विद्युत् सेवा निरन्तर हुने गरी विद्युत् सेवा विस्तार गरिएको उक्त कार्यालयका अध्यक्ष टेकबहादुर बुढाले बताए ।

स्वास्थ्यचौकीमा बिरामीको विद्युतीय माध्यमबाट सेवा प्रवाहमा सघाउन लाइन विस्तार गरिएको अध्यक्ष बुढाले जानकारी दिए

विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र सहकारी संस्थालाई सेवा प्रवाह गर्न विद्युत् सेवा उपलब्ध गराइएको उनले बताए । अब यी सरकारी कार्यालयमा निरन्तर विद्युत् सेवा उपलब्ध भएपछि दैनिक कार्यसम्पादन गर्न सहज हुनेछ ।

विद्युत् लाइन विस्तार गर्न तारको व्यवस्था उक्त कार्यालयले गरेको थियोभने प्राविधिक खर्च वडा कार्यालयले बेहोरेको थियो ।

वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयलाई मासिक रु दुई हजार विद्युत् शुल्क तोकिएको अध्यक्ष बुढाले बताए । गाउँमा रहेको दुधेदह प्राङ्गारिक कृषि सहकारी संस्थालाई सरकारी कार्यालयलाई  एक हजार शुल्क तोकिएको छ । गाउँमा विद्युत् सेवा उपभोग गर्ने सेवाग्राहीलाई मासिक शुल्क रु दश  तोकिएको छ ।

पच्चीस किलोवाट क्षमताको रायाखोला जलविद्युत् आयोजनाबाट विगत ६ वर्षदेखि जिल्लाका विभिन्न भागमा विद्युत् सेवा प्रदान हुँदै आएको छ ।  रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर