एनसेल बाह्रखरी गल्फमा अर्जुन कार्कीले जिते सुनको बल – Nepal Press

एनसेल बाह्रखरी गल्फमा अर्जुन कार्कीले जिते सुनको बल

काठमाडौं । ‘एनसेल बाह्रखरी गल्फ’को सातौँ संस्करणको उपाधि अर्जुनकुमार कार्कीले जितेका छन् । प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार प्राप्त गरेका हुन् ।

पोखरामा आयोजना गरिएको ‘एनसेल बाह्रखरी गल्फ’ प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् ।

समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभईकन ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले समारोहमा भने, ‘देशमा लगानीको वातावरण बनेको छ । व्यापार, व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ ।’

त्यस्तै, रमेश गुरुङले बेस्ट ग्रसको उपाधि, नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि हात पारेका हुन् ।

लिलाजंग गुरुङले प्रतियोगिताको दोस्रो स्थान हासिल गरे । प्रतियोगितामा बलराम थापाले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि हात पारेका हुन् ।

त्यस्तै, महिलातर्फको उपाधि सुस्मा सिंहले जितेकी हुन् । भने, उपविजेता बालकासी गुरुङ बनिन् । त्यसैगरी लङ्गेस्ट ड्राइभको उपाधि बानचेन ढुन्डुपले जिते ।

अयोजकका अनुसार दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १०७ जना पुरुष र १० जना महिला गरी कुल ११७ जना खेलाडीको सहभागिता थियो ।

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *