सीजीले शुरु गर्‍यो अन्तरक्रियात्मक डिजिटल बोर्ड – Nepal Press

सीजीले शुरु गर्‍यो अन्तरक्रियात्मक डिजिटल बोर्ड

काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड सीजीले अन्तरक्रियात्मक डिजिटल बोर्ड (आईडीबी) शुरु गरेको छ ।

सीजीले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड अर्थात स्मार्ट बोर्ड शुरु गरेको हो ।

सीजीले सुरु गरेको अन्तरक्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरू प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

डिजिटल बोर्डको क्षेत्र निरन्तर विकसित, नयाँ प्रविधि र आविष्कारहरूमा एक रोमाञ्चक र गतिशील हुनुका साथै विभिन्न शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरू जस्ता क्षेत्रमा निकै नै लाभदायक हुने जनाइएको छ ।

कम्पनीका अनुसार इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ । भने, प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससँग अन्तरक्रिया गर्न पनि सकिन्छ ।

बोर्ड फोर–के रिजोल्युसन (युएचडी), वायरलेस स्क्रिन टच, एन्ड्रोइड १३ ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता सुविधाहरू सहित ६५, ७५ र ८६ इन्चमाा उपलब्ध छन् ।

स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिड्ड हल र घरमा पनि उपयोगी रहेको जनाइएको छ । जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्दछन् ।

रिमोट लर्निङसग मिल्दो, अन्तरक्रियात्मक डिजिटल बोर्डले माइक्रो सफ्ट टिम, गुगल मिट, स्काइप र जुम जस्ता प्रविधियुक्त कुराहरू संग सजिलै जोडिन सहयोग गर्छ ।

बोर्ड नेपालभरका सबै सीजी ब्रान्डका आधिकारीक आउटलेटहरूमा उपलब्ध छन् । भने, थप विवरणहरू प्राप्त गर्न सीजी ब्रान्डको आधिकारिक वेबसाइट र यसको आफ्नै इ–कमर्स प्लेटफर्मबाटमा गई हेर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर