महाराजगन्ज नर्सिङ क्याम्पसको बीएमएस पाठ्यक्रमको विषय अझै भएन समाधान – Nepal Press

महाराजगन्ज नर्सिङ क्याम्पसको बीएमएस पाठ्यक्रमको विषय अझै भएन समाधान

काठमाडौं । १७ दिनदेखि ‘‘मिडवाइफरी’ को पाठ्यक्रमको विषयलाई लिएर पठनपाठन अवरुद्ध गरेका महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरूले पुन ध्यानाकर्षण विरोध प्रदर्शन गरेका छन् ।

दुई साताअघिबाट बीएमएस विषयको आधिकारिक मान्यता प्राप्त पाठ्यक्रम माग गर्दै पठनपाठनलाई नै विरोध जनाउँदै आएको स्वतन्त्र विद्यार्थी युनियन महाराजगन्ज नसिङ क्याम्पसले पुन: ध्यानाकर्षण विरोध प्रदर्शन सुरु गरेको हो ।

बीएमएस ‘ब्याचुलर ईन मिडवाइफरी साइन्स’ को कीर्ते पाठ्यक्रम देखाइएको भन्दै नर्सिङ क्याम्पस स्ववियुले विरोध र ध्यानाकर्षण गराउँदै पठनपाठनलाई बहिस्कार गर्दै आएको थियो । लामो समयसम्मको विरोध र ध्यानाकर्षणले पनि कुनै बाटो नखुलेको नर्सिङ क्याम्पस स्ववियु सभापति नोविना बस्नेतले बताइन् ।

अहिले १० महिनापछि बीएमएसको पाठ्यक्रम कीर्ते बनाइएको स्ववियुको आरोप छ । विद्यार्थीहरू क्याम्पसमा भर्ना भएको १० महिना बितिसक्दा पनि ‘मिडवाइफरी’ को पाठ्यक्रम अन्यौलता रहेको छ ।

महाराजगन्ज नर्सिङ क्याम्पस स्ववियुले आफ्ना ८ वटा मागहरू अघि सारेको छ । जसका लागि क्याम्पस प्रशासन, डीन कार्यालय, चिकित्सा शिक्षा आयोग र नेपाल नर्सिङ काउन्सिलमा समेत बारम्बार ध्यानाकर्षण र अनुरोध गरिसकेको सभापति बस्नेतको भनाइ छ ।

विद्यार्थीहरूले डीन कार्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थान र क्याम्पस गरी तीनै निकायबाट विद्यार्थीका समस्या समाधान नगरुन्जेलसम्म एकेडेमिक र क्लिनिकल गतिविधिहरूलाई बहिस्कार गर्ने स्ववियुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर