श्रम सचिव भण्डारीको राजीनामा स्वीकृत – Nepal Press

श्रम सचिव भण्डारीको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्ररिषद्को कार्यालयका बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

सचिव भण्डारी अबको तीन दिनपछि अर्थात चैत ११ गतेदेखि अनिवार्य अवकाशमा जादैँ थिए । भण्डारी करिव १० महिना अघि राष्ट्रिय योजना आयोगबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएर आएका थिए ।

पाँच वर्षे सचिवको कार्यकाल अवधिमा ६६ प्रतिशत अर्थात तीन वर्ष चार महिनाको सयमावधि भण्डारीले राष्ट्रिय योजना आयोगमै बिताएका छन् । सहसचिवबाट सचिवमा बढुवा भएपछि उनले १० महिना कर्णाली प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।

निजामती सेवा ऐन २०४९ को दफा ३७ अनुसार २०४९ कात्तिक २१ अगाडि सेवा प्रवेश गरेर ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीले त्यसरी अनिवार्य अवकाश हुन अगाडि स्वेच्छिक अवकाश (राजीनामा) रोज्दा ६० वर्ष पुग्न बाँकी अवधि थपेर गणना हुने र त्यसैको आधारमा पेन्सन पाउने व्यवस्था भएकोले अगाडी नै राजीनामा दिँदै आएका छन् ।

कर्मचारीले ५८ वर्षे उमेर हदबन्दी पूरा गरेपछि स्वतः अवकाश पाउँछ तर सचिवले उमेर नपुग्दै पाँच वर्षे कार्यकाल सकिएपछि अवकाश पाउने भएकाले सो प्रावधान राखिँदै आइएको छ ।

भण्डारीले राजिनामा दिएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव पद रिक्त भएको छ । सम्भव त अब बस्ने मन्त्रिपरिषद् बैठकले कुनै अर्को मन्त्रालयमा रहेका सचिव वा प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका सचिवलाई मन्त्रालयको सचिवको जिम्मेवारी दिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर