डोटी र बाजुराका भूकम्प प्रभावित एक हजार बढी परिवारलाई वाटर फिल्टर वितरण – Nepal Press

डोटी र बाजुराका भूकम्प प्रभावित एक हजार बढी परिवारलाई वाटर फिल्टर वितरण

डोटी । डोटी र बाजुराका एक हजार १५० भूकम्प प्रभावित परिवारलाई वाटर फिल्टर वितरण गरिएको छ ।

भूकम्प प्रभावितहरुले स्वच्छ खानेपानी उपभोग गर्न पाउन भन्ने उद्देश्यका साथ वाटर फिल्टर वितरण गरिएको हो । डोटीको पूर्वीचौकी गाउँपालिका र बाजुराका गौमुल र हिमाली गाउँपालिका गरी एक हजार १५० घुरधुरीमा एक करोड सात लाख ७७ हजार आठ रुपैयाँ बराबरका फिल्टरहरू वितरण भएको मानव संसाधन केन्द्र बाजुराले जानकारी दिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक रमेश सुनारका अनुसार वाइन टु वाटर नामक अन्तराष्ट्रिय गैरसकारी संस्थाको सहयोगमा फिल्टर वितरण गरिएका हो । गाउँपालिकाले छनौट गरेका भूकम्प प्रभावित घर परिवारलाई वितरण गरिएको छ ।

संस्थाले गाउँपालिकालाई हस्तान्तरण गरेको र गाउँपालिकाले भूकम्प प्रभावित परिवारलाई वितरण गरिरहेको निर्देशक सुनारले वताए । उनले भने, ‘बाजुरामा गाउँपालिकाले प्रभावित परिवारलाई फिल्टर बितरण गर्न सुरु गरिसकेको छ, डोटीमा शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरेका छौं ।’

फिल्टर ढुवानी व्यवस्थापन रोटरी क्लब डिष्ट्रक ३२९२ र मानव संसाधन केन्द्र बाजुराले गरेको सुनारको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर