सतर्कता केन्द्रको छड्केमा ललितपुर महानगरका २५ कर्मचारी पोशाक नलगाएको, १४ जनाले समय पालना नगरेको भेटिए
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रको छड्के अनुगमनका क्रममा ललितपुर महानगरपालिकाका २५ जना कर्मचारी पोशाक नलगाएको अवस्थामा भेटिएका छन् । बिहीबार केन्द्रको टोलीले छड्के अनुगमन गर्दा १४ जना कर्मचारी समय पालना नगरेको भेटिएको केन्द्रले जनाएको छ ।
यस्तै केन्द्रले मालपोत कार्यालय ललिपतुरमा छड्के अनुगमन गर्दा नौ जना कर्मचारीले पालना नगरेको, आठ जनाले तोकिएको पोशाक नलगाएको र चार जना कार्यकक्षमा नभएको पाइएको केन्द्रका सूचना अधिकारीसमेत रहेका उपसचिव हरिप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार नापी कार्यालय ललितपुरमा गरिएको अड्के अनुगमनमा दुई जना तोकिएको पोशाक नलगाएको मात्रै भेटिएका छन् ।
छड्के अनुगमनका क्रममा ललितपुर महानगरपालिका र मालपोत कार्यालयमा स्तनपान कक्ष नभएको पाइएको छ भने मालपोत कार्यालयमा सहायता कक्ष नभएको पाइएको छ ।