अमेरिकी नास्तिकता प्रवर्तक आएका थिए नेपाल: दूतावासबाट निस्केर को को भेटे ? – Nepal Press

अमेरिकी नास्तिकता प्रवर्तक आएका थिए नेपाल: दूतावासबाट निस्केर को को भेटे ?

‘नयाँ संविधानले धर्म परिवर्तनमा व्यवधान गरेको मोहना अन्सारीको जिकिर’

काठमाडौं । अमेरिकी सदनमा नेपाली धार्मिक अनास्था फैलाउन करोडौं डलर किन दिइएको भन्ने प्रश्न उठेपछि नेपालमा साइड इफेक्ट चुलिएको छ । अमेरिकाले नेपालमा धार्मिक अनास्था अथवा नास्तिकता फैलाउन ६ करोड ६५ लाख रुपैयाँ बढी खर्च गरेको मुद्दा अमेरिकी सदनमा सांसद ब्रिआन म्यास्टले उठाएका थिए ।

उनले अमेरिकी सदनमा भएको प्रश्नोत्तरमा अमेरिकी सरकारका व्यवस्थापन तथा स्रोतसाधन क्षेत्रका सहायक विदेशमन्त्री रिचर्ड राहुल वर्मालाई उनले सोधेका थिए यो सवाल । वर्माले अमेरिकाले धार्मिक अनास्था फैलाउने त्यस्तो केही नभएको भन्दै प्रश्नको सामना गरेका थिए ।

नेपाल प्रेसको जानकारीमा अमेरिकाबाट धार्मिक अनास्था फैलाउने एक संस्था ह्युमानिस्ट इन्टरनेशनलका प्रमुख गेरी म्याकलेल्याण्ड नेपाल आएको देखिएको छ । सन् २०१८ मा आएका उनले नेपाल तथा भारत भ्रमण गरेका थिए ।

भारतबाट यात्रा सुरु गरेर नेपाल आएका उनले यहाँ बाक्लो भेटघाट गरेका थिए । सन् २०१८ जनवरी १७ मा उनी नेपाल आएका थिए ।

नेपाल आएपछि उनले अमेरिकी दूतावासमा बिहानको नास्तासँगै भेटघाट सुरु गरेका थिए । नेपालमा उनले पत्रकार नरेन्द्र जंग पिटर भेटेका थिए । नरेन्द्र जंग पिटरसँगको भेटको तस्वीर उनको संस्थाको वेबसाइटमै राखिएको छ ।

पिटरलाई उनले नेपालको धर्म, संस्कृति तथा परम्पराको खराब कुरा बाहिर ल्याउने पात्रको रुपमा व्याख्या गरेका छन् । पिटरले नेपालको अवस्थाको व्याख्या गरिदिएको उनले लेखेका छन् । पिटरसँगको भेटको तस्वीरमा अर्का नेपाली उत्तम निरौला देखिएका छन् । निरौलाको व्याख्या भने उनले गरेका छैनन् ।

पिटर भेटेपछि आफूहरु तत्कालीन राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारी भेट्न गएको उनले बताएका छन् । उनका अनुसार अन्सारीले नयाँ नेपाली संविधानले धर्म परिवर्तनलगायतका विषयलाई जटिल व्यवधान खडा गरेर व्याख्या गरेको बताएकी थिइन् ।

सोही दिनको साँझको खानाको व्यवस्था सोच नेपाल नामक संस्थाले गरेको उनले उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस् : नेपालमा सनातन हिन्दू र बौद्धधर्मप्रति अनास्था फैलाउन अमेरिकाले करोडौं खर्च गरेको खुलासा


प्रतिक्रिया

One thought on “अमेरिकी नास्तिकता प्रवर्तक आएका थिए नेपाल: दूतावासबाट निस्केर को को भेटे ?

  1. मोहना अन्सारी भन्ने आत्मा किन भड्केको मुलुक र सनातनी धर्म संस्कृतीको बारेमा भन्ने कुरा त हरियो डलर र बिदेशीले दिएको हड्डी चुसेर पो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *