सुहाङसँगको फोटो पोष्ट गर्दै ओलीले लेखे- युवा सँगसँगै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेपछि सुहाङ नेम्वाङसँगको तस्बिर पोस्ट गर्दै युवा सँगसँगै हिँड्नुपर्ने आशय व्यक्त गरेका छन् ।
उनले फेसबुकमा नेम्वाङसँगको तस्बिर साझा गर्दै उनलाई आफूले सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको उल्लेख गर्दै जितको शुभकामना पनि दिएका छन् । ‘युवा सँगसँगै !’, ओलीले लेखेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ ।’
एमालेको सचिवालय बैठकले सुहाङलाई इलाम २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उम्मेदवार छनाेट ठिक हुँदै भएन । परिवारतन्त्र जस्ताे देखियाे । व्यक्तिगत रूपमा सुहाङलाई केही भन्नु छैन तर याे प्रवृत्ति गलत छ ।