एमाले सुर्खेतमा कुलमणिको प्यानलै विजयी
सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई हराउँदै देवकोटाको प्यानलैले जितेको हो ।
देवकोटाले जम्मा ३५१ मत प्राप्त गर्दा बिसीले १३२ मा रोकिए ।
उपाध्यक्षमा मोहनबहादुर बडुवाल ३४६ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी बिसी प्यानलका ताराकेशर गौतमले १३० भोट ल्याए । सचिवमा डम्बर तिवारीले २९१ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले १८९ मत प्राप्त गरे ।
साथै, उप-सचिव खुलामा टीकाराम सोमै र महिलामा सुशीला विश्वकर्मा निर्वाचित भएका छन् । टीकारामले ३२४ मत र सुशीलाले ३३५ भोट ल्याइन् ।
पाँच पदाधिकारीसहित अन्य सदस्यहरूका लागि भएको निर्वाचनमा कुल ४९५ मतदाता मध्ये ४८६ जनाले भोट हालेका थिए ।