आमाको सम्झनामा वडा कार्यालयलाई नि:शुल्क ३ रोपनी जग्गा दान
रूपन्देही । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्ग वडा कार्यालयलाई एक परिवारले ३ रोपनी जग्गा दान गरेका छन् ।
धातिवाङ्ग उलेर्नी निवासी स्व. पूर्णकला पौडेलको सम्झनामा समाजसेवी भोजराज पौडेल र उनका छोराहरू न्यायाधीश धनिश्वर पौडेल, रामप्रसाद पौडेल र वेदराज पौडेलले ३ रोपनी जग्गा दान गरेका हुन् ।
वडा कार्यालयको लागि पहिलो पटक जग्गा दान भएको वडाध्यक्ष कृष्ण पौडेलको भनाइ छ ।
उनीहरूले दिएको किन्न परेको भएमा जग्गाको मूल्य महँगो हुने भन्दै वडाध्यक्षले दानका लागि पौडेल परिवारलाई धन्यवाद दिए । स्व. आमाको वैकुण्ठबासको कामना वडा अध्यक्ष पौडेलले गरेका छन् ।
स्व. पूर्णकला पौडेलको २०८० फागुन १० गतेका दिन काठमाडौँंमा निधन भएको हो । उनको परिवार सामाजिक क्षेत्रमा क्रियाशील छ ।