भारतले प्याज निर्यातको प्रतिबन्ध अनिश्चितकाललाई लम्ब्यायो – Nepal Press

भारतले प्याज निर्यातको प्रतिबन्ध अनिश्चितकाललाई लम्ब्यायो

काठमाडौ । भारतले प्याजको निर्यातमा लगाएको प्रतिबन्ध तत्काल खुला नगर्ने भएको छ । प्याजको निर्यातमा प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको रोयर्टर्सले उल्लेख गरेको छ । विश्वको सबैभन्दा धेरै तरकारी निर्यातक भारतले प्याज निर्यातमा गत डिसेम्बरमा लगाएको प्रतिबन्ध यसै मार्च ३१ मा सकिँदै थियो ।

निर्यात प्रतिबन्ध लागू भएदेखि भारतको स्थानीय बजारमा मूल्य आधाभन्दा बढीले घटेको छ । तर, भारतले प्याज निर्यातमा लम्ब्याएको प्रतिवन्धले अन्तर्राष्ट्रिय बजारमा भने प्याजको मूल्य उच्च गतिमा बढ्ने रोयटर्सले जनाएको छ । भारतीय सरकारले शुक्रबार अर्को सूचना नआएसम्म प्रतिबन्ध यथावत रहने जनाएको छ । सबैभन्दा धेरै प्याज उत्पादन गर्ने राज्य महाराष्ट्रका केही थोक बजारहरूमा डिसेम्बरमा प्याजको मूल्य प्रति एक सय किलोमा ४ हजार ५०० रुपैयाँबाट झरेर १ हजार २०० रुपैयाँ (१४ डलर) पुगेको छ ।

नेपाल, बंगलादेश, मलेसिया, संयुक्त अरब इमिरेट्सलगायत देश भारतीय आयातमा भर पर्दै आएका छन् । यीमध्ये धेरै राष्ट्र प्रतिबन्धपछि उच्च मूल्यको चपेटामा परिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर