नेपाललाई पाँचौं सफलता, कुशलले लिए विकेट – Nepal Press

नेपाललाई पाँचौं सफलता, कुशलले लिए विकेट

काठमाडौं । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीमविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ ।

११ औं ओभरको खेल चलिरहँदा नेपालले आयरल्यान्डका पाँच ब्याटरलाई आउट गरेको छ ।

कुशल मल्लले ११ औं ओभरको दोस्रो बलमा पाँचौं विकेटका रूपमा आयरल्यान्डका ग्यारेथ डेल्नीलाई ४ रनमा आउट गरेका हुन् । यसअघि गुल्सन झाले कप्तान निल रकलाई ५ रनमा आउट गरेका थिए ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १० ओभर ४ बलमा ५ विकेट गुमाउँदै ६५ रन जोडेको छ ।

नेपालका गुल्सन झाले २, करण केसी, कुशल मल्ल र ललित राजवंशीले एकएक विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर