शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश
नेपाल प्रेस
२०८० चैत १२ गते १८:१६
काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश दिएको छ ।
कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई अदालतले छोड्ने आदेश दिएको हो । उनलाई कुटपिट मुद्दामा १० हजार र विद्युतीय कारोबार मुद्दामा २५ हजार रुपैयाँ धरौटी मागिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट वाइबालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया