युक्रेनी विदेशमन्त्री भारत आउँदै, हिन्दू र भारत बिरोधी युक्रेनी सवालको फेरि चर्चा – Nepal Press

युक्रेनी विदेशमन्त्री भारत आउँदै, हिन्दू र भारत बिरोधी युक्रेनी सवालको फेरि चर्चा

काठमाडौं । युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले भारत भ्रमण गर्ने भएका छन् । युक्रेनी राजधानी किभको महात्मा गान्धीको शालिक अगाडि उभिएर होलीको शुभकामना दिँदै कुलेबाले यो साता भारत आउने औपचारिक उद्घोष गरेका छन् ।

भारत र युक्रेन दुई लोकतन्त्र भएको भन्दै उनले यी दुई देश मित्र र साझेदार हुनसक्ने बताएका छन् ।तर, कुलेबाले गरेको भिडियो सन्देश मुनि भारतीय युवाहरुले युक्रेनी रक्षा दलले गरेको हिन्दू देवी कालीको अपमान र युक्रेनी राष्ट्रपतीका सल्लाहकारले गरेको भारतीय अपमानलाई उजागर गरेर आलोचना गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइल पोदोलिआकले भारतीय र चिनियाँको बौद्धिक स्तर कमजोर भएको अन्तर्वार्ता दिएका थिए । यो समाचार भारतीय मिडियामा भाइरल भएको थियो ।

सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा रुसी सैन्य हमला भएको थियो। हमलापछि पश्चिमा देश र अरु सहयोगीले रुसलाई नाकाबन्दी गर्दा भारत भने फरक कित्तामा उभियो।उसले रुसी इन्धन किन्न छोडेन ।बरु दोब्बर बनायो ।

यो सवालमा र हतियार सहयोग नगरेकोमा युक्रेनी अधिकारी भारतसँग बेखुशी भएको सार्वजनिक भएको थियो । भारतीय सुरक्षा सल्लाहकार अजित दोभलसँग मार्च १५ मा टेलिफोन कुरा गरेका कुलेबा भारतीय समकक्षी एस.जयसन्करको निम्तोमा भारत आउन लागेका हुन् । रुस युक्रेन युद्धपछिको युक्रेनी उच्चस्तरको भारत भ्रमण यहि हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर