कारले ठक्कर दिँदा बालकको मृत्यु
हेटौंडा । मकवानपुरमा कारको ठक्करबाट बालकको मृत्यु भएको छ ।
मदन भण्डारी राजमार्ग अन्तरगत मकवानपुरको बकैया-४ स्थित छतिवन-हात्तिसुडे सडकखण्डको तामाखोलामा कारले ठक्कर दिँदा ११ बकैया–४ गरगरेका ११ वर्षीय निशान बानियाँको मृत्यु भएको हो ।
हात्तिसुडेबाट गरगरे तर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नंको कारले गरगरेबाट हात्तिसुडे तर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री ११ वर्षिय बानियाँको खुट्टा भाँचिएकाे र टाउकोमा चोट लागेको थियो ।
उनको उपचारको लागि हेटौंडा अस्पतालमा लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । कार चालक जिल्ला चितवन भरतपुर महानगरपालिका १० बस्ने ३५ वर्षीय सारदा सुवेदीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।