बागमतीमा अब अनलाइनबाटै पटके रुट पर्मिट पाइने – Nepal Press

बागमतीमा अब अनलाइनबाटै पटके रुट पर्मिट पाइने

हेटौंडा । बागमती प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यलयले आजबाट अनलाइनमार्फत पटके सवारी रुट पर्मिट दिने कार्यको थालनी गरेको छ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनलाइन रुट पर्मिटको कार्यको थालनी गर्दै अब पटके रुट पर्मिटको लागि कार्यालयसम्म पुग्नुपर्ने झन्झटको अन्त्य गरेको हो ।

यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारी भक्तपुरमा अनलाइन पर्मिटको शुभारम्भ गर्दै श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले यो व्यवस्थाले यातायात क्षेत्रको प्रविधिसँग थप निकटता बढेको बताए ।

रुट पर्मिटको लागि कार्यलयसम्म पुग्नुपर्ने बाध्यत्मक अवस्थाले कार्यालयमा भिडभाड हुने समस्यालाइ यो व्यवस्थाले न्यूनीकरण गर्ने उनको भनाइ थियो ।

विशेषगरी रातिको समस्यामा पटके पर्मिट लिनको लागि हुने झन्झट लाई यो सेवाले हटाइदिएको भन्दै मन्त्री लम्सालले सरकारको पेपरलेस अवधारणालाई अनलाइन सेवा प्रणालीले सहयोग गर्ने बताए । यातायात मन्त्रालयको सफ्टवेयर टिएमआइएस मार्फत यो सेवा संचालित हुने उनको भनाइ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *