अमेरिकामा मालवाहक पानीजहाजले ठक्कर दिएपछि पुल भत्किएर गाडी र मान्छे खसे
नेपाल प्रेस
२०८० चैत १३ गते १६:०६
काठमाडौं । अमेरिकाको बाल्टिमोरमा एक मालवाहक पानीजहाजले पुललाई ठक्कर दिएपछि कयौँ मान्छे तथा सवारीहरु खसेका छन् ।
बीबीसीका अनुसार अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरको पातास्प्को नदीको पुलमा मालवाहक पानीजहाजले ठक्कर दिएपछि उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा २० मान्छे र कयौँ सवारीहरु खसेको बताइएको छ । तर, कतिको हताहती भएको भन्नेमा भने कुनै सार्वजनिक तथ्यांक आएको छैन । मेरिल्याण्ड राज्यले दुर्घटनापछि संकटकाल घोषणा गरेको छ ।
तीन किलोमिटर लम्बाइको उक्त पुल बाल्टिमोरको प्रमुख राजमार्गको हिस्सा हो ।
सीएनएनका अनुसार ज्यादै चिसो मौसमको कारणले उद्दारमा कठिनाइ भइरहेको छ ।
प्रतिक्रिया