सर्वोच्चले भन्यो- सर्वसाधारणले राख्न नमिल्ने हतियारको अनुमति कसरी दुर्गा प्रसाईंलाई दिइयो, छानबिन गर्नू – Nepal Press

सर्वोच्चले भन्यो- सर्वसाधारणले राख्न नमिल्ने हतियारको अनुमति कसरी दुर्गा प्रसाईंलाई दिइयो, छानबिन गर्नू

काठमाडौं । सर्वोच्च अदालतले अत्याधुनिक राइफलसहित पक्राउ परेका दुर्गा प्रसाईका बडिगार्डलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

तर अदालतले सँगै सर्वसाधारणले राख्नै नपाउने प्रकृतीको हतियारको अनुमति कसरी दिइयो भन्नेबारे छानबिन गर्न आदेश गरेको छ ।

झापा जिल्ला प्रशासनले हतियार बोक्ने अनुमति दिएको भन्दै सर्वोच्चले बडिगार्डद्धय दिपक खड्का र रामकुमार धिमाललाई थुनामुक्त गर्न भनेको छ ।

मुलुकी अपराध संहिताको दफा १३१ को उपदफा १ मा व्यवस्था भएको खास किसिमका हातहतियार प्राप्त गर्न नहुने अन्तर्गतको हतियार प्रसाई‌लाई बोक्ने अनुमती पाएको अदालतले आदेशमा उल्लेख गरेको छ ।

यस्तै अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनैपनि हतियार लिई प्रवेश गर्न नपाउने कानुनि व्यवस्था अविलम्ब ल्याउन पनि आदेशमा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर