मलेसियाले सेक्यूरिटी गार्डबाहेक विदेशी कामदारलाई कलिङ भिसा जारी नगर्ने, नेपालको वैदेशिक रोजगार प्रभावित हुनसक्ने
नेपाल प्रेस
२०८० चैत १३ गते २०:०९
काठमाडौं । मलेसियाले अब विदेशी कामदारलाई कलिङ भिसा जारी नगर्ने भएको छ । मलेसियाको अध्यागमन विभागले विदेशी कामदारहरुलाई मार्च ३१ बाट कलिङ भिसा जारी नगर्ने सूचना आएको भन्दै क्वाललम्पुरस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
दूतावासले मलेसियाको उक्त सूचनाका कारण अर्को सूचना नभएसम्मका लागि सुरक्षा क्षेत्र (सेक्यूरिटी गार्ड) बाहेकका कामदारको भिसा प्रक्रियाका लागि फाइल लिन नसकिने उल्लेख गरेको छ ।
मलेसियाको यो निर्णयसँगै नेपालको वैदेशिक रोजगार प्रभावित हुनसक्ने आंकलन गरिएको छ । हाल मलेसियामा ३ लाख बढी नेपाली कामदारहरु रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर