इजराइलले राजनीतिक एक्लोपन अनुभव गरिरहेको हमास नेताको दाबी – Nepal Press

इजराइलले राजनीतिक एक्लोपन अनुभव गरिरहेको हमास नेताको दाबी

काठमाडाैं ।  संयुक्त राष्ट्रसङ्घीय  सुरक्षा परिषद्ले गाजामा युद्धविरामको प्रस्ताव गरेपछि मङ्गलबार इरान भ्रमणमा रहेका हमासका नेता इस्माइल हानियाले इजराइलले ‘अभूतपूर्व राजनीतिक एक्लोपन’को अनुभूति गरिरहेको बताएका छन् ।

“यो प्रस्ताव ढिला आएपनि इजराइलले अभूतपूर्व राजनीतिक एक्लोपनको अनुभव गरिरहेको यसले सङ्केत गर्दछ । यसले सुरक्षा परिषद्मा समेत राजनीतिक आवरण र संरक्षण गुमाउँदैछ”, हानियाले तेहरानमा आयोजत पत्रकार सम्मेलनमा भने ।

इरान–समर्थित समूह हमासले अक्टोबर ७ मा इजराइलमा गरेको आक्रमणपछि हमास नेता हानियाको यो दोस्रो तेहरान भ्रमण हो । इजराइली आधिकारिक तथ्याङ्कअनुसार उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ६० व्यक्तिको मृत्यु भएको थियो ।

इरानले अक्टोबर ७ को हमलालाई सफलता भनी प्रशंसा गरेपनि आफ्नो प्रत्यक्ष संलग्नता अस्वीकार गरेको छ ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार मुस्लिम पवित्र महिना रमजानको अवसरमा स्थायी युद्धविरामको प्रस्ताव गरेको थियो । परिषद्ले हमास र अन्य प्यालेस्टिनी लडाकू समूहहरूले अक्टोबर ७ को आक्रमणमा बन्धकहरूको रिहाइको माग गरेको थियो ।

विद्रोहीहरूले लगभग दुई सय ५० बन्धकलाई कब्जामा लिएका थिए । तीमध्ये लगभग एक सय ३० अझै गाजामा बन्दी रहेका र ३३ को मृत्यु भइसकेको इजराइलले अनुमान गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबारको प्रस्तावलाई ‘सकारात्मक तर अपर्याप्त कदम’रहेको टिप्पणी गरेका छन् ।  “सङ्कल्प कार्यान्वयन गर्न प्रभावकारी उपायहरूर आक्रमणको पूर्ण र स्थायी अन्त्य’ गर्न उनले आह्वान गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर