आरतीको खोजीका लागि भारतीय प्रहरीमा उजुरी, कोठाबाट चार्जर चोरिएपछि आक्रोशित हुँदै निस्किएको दावी – Nepal Press

आरतीको खोजीका लागि भारतीय प्रहरीमा उजुरी, कोठाबाट चार्जर चोरिएपछि आक्रोशित हुँदै निस्किएको दावी

काठमाडौं । धनगढीका मेयर गोपाल हमालकी छोरी आरती भारतमा बेपत्ता भएपछि खोजीका लागि स्थानीय प्रहरीमा उजुरी गरिएको छ । गोवामा बसोबास गर्दै आएका आरतीका साथी आनन्द प्रेम कठपालियाले मान्ड्रेम प्रहरी चौकीमा हिजो उजुरी गरेका हुन् ।

कठपालियाले गोवाको आसभेम बीच रोडमा अवस्थित बाब्गाव्दामा ‘जेब्रा भाइब्स’ नामको रेस्टुरेन्ट र वेलनेस सेन्टर सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय आरती आफ्नै होमस्टेमा बस्दै आएको उनले उजुरीमा बताएका छन् ।

आरतीलाई आफूले १२ वर्षदेखि चिनेको बताउँदै कठपालियाले उनी प्रत्येकपटक गोवा आउँदा आफ्नो रेस्टुरेन्टमा पस्ने गरेको बताएका छन् । आरतीले यसअघि मोरजीमनजिक तिब्बत क्याफेनेर बस्दै आएको उनलाई बताएकी थिइन् । २० दिन अगाडि मात्रै आरती आफ्नो रेस्टुरेन्टमा आएर तपाईंको होमस्टेमा बस्न मिल्छ कि भनेर सोधेको उनको भनाइ छ ।

उनले उल्लेख गरेको थप घटना विवरण यस्तो छः

२५ मार्चमा मैले आफ्नो रेस्टुरेन्टमा होली पार्टी आयोजना गरेको थिएँ । मैले केही साथीहरुलाई पार्टीमा नित्याएको थिएँ र आरती पनि आएकी थिइन् ।

आरती बिहान १०ः०० बजेदेखि बेलुकी करिब ५ बजेसम्म रेस्टुरेन्टमा थिइन् । उनी ५ः३० बजेतिर रेस्टुरेन्टबाट बाहिरिइन् ।
त्इसपछि म एकैछिन आफ्नो कोठामा गएँ र रेस्टुरेन्टमा फर्किएँ ।

राति करिब ९ बजे तिर मेरो एकजना स्टाफले सूचना गर्यो कि आरतीले आरतीले उनको मोबाइल चार्जर हामीले लगेको भन्दै थिइन् र यसको कारणले तनावमा थिइन् ।

म उनको कोठामा चेक गर्न गएँ । म जाँदा उनको कोठा खुल्ला नै थियो । आरती कोठामा थिइनन् । हाम्रो रेस्टुरेन्टको एक महिला कामदारले राति साढे ९ बजे रेस्टुरेन्टजिक आरतीलाई बाहिर निस्किँदै गरेको देखेको बताइन् । उनी आक्रोशित मुद्रामा रहेको मलाई कामदारले सूचित गरिन् । यसरी राति साढे ९ बजेपछि उनी हाम्रो सम्पर्कमा छैनन् ।


प्रतिक्रिया

One thought on “आरतीको खोजीका लागि भारतीय प्रहरीमा उजुरी, कोठाबाट चार्जर चोरिएपछि आक्रोशित हुँदै निस्किएको दावी

  1. यदि पत्रिकाले समाचार लेख्न गल्ति गरेको होईन भने यो बयानमा दुईवटा नमिल्ने कुरा छन् ।
    १. बर्षौँदेखि पटक पटक बस्दै आएको ठाउँमा आएर ‘ म यहाँ बस्न मिल्छ कि ?” भनेर सोध्न पर्दैन, लौ है म आएँ, कोठा खालि छ कि छैन भनेर पो सोध्ला त ।
    २. होमस्टे मालिक एकातिर ”राती ९ बजे कोठामा गएर चेक गर्दा आरती भेटिईनन्” भन्छन् अर्कातिर ”साँढे नौ बजे आक्रोषित मुद्रामा निस्कँदै गरेको देखिएको” पनि भन्छन् । उसो भए बीचको यो आधा घन्टा कहाँ थिईन् त ?
    यो कारणले मलाई होमस्टेको मान्छेमाथि पनि शंका लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर