सेनाले गरिरहेका विकासे काम चित्त बुझ्दो नदेखिए एक्सनमा जान्छुः मन्त्री उप्रेती (भिडिओ)
काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले गरिरहेका विकास निर्माणका काममा चित्त बुझ्दो नपाइए एक्सनमा जाने बताएका छन् ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाली सेनाले काम गरिरहेका केही आयोजनाको आफूले निरीक्षण गरेको र अब काम ढिला नगर्न विभिन्न उपाय दिएको बताए । नेपाली सेनालाई स्थानीय तहको गिटी बालुवा बेचबिखनका केही समस्या रहेकाले पनि काममा ढिलाइ भइरहेको जानकारी आफूले पाएको उनले सुनाए ।
विकास निर्माणमा अब अवरोध हुने/गर्ने छुट आफूहरूलाई नरहेको भन्दै मन्त्री उप्रेतीले फास्ट ट्रयाकलाई तोकिएको समयमा नै सम्पन्न गर्न फास्ट रुल बनाउन जरुरी रहेकाले आफू त्यो तयारीमा लागेको बताएका छन् ।
देश बनाउने संकल्प सबैले गरे मुलुक बन्न कसैले रोक्न नसक्ने उनको जिकिर छ ।
मन्त्री उप्रेतीले ‘बरु भुसको रोटी खान्छु तर देश बनाउँछु’ भन्ने प्रतिवद्धतासहित लाग्ने हो भने देश बन्न समय नलाग्ने बताएका हुन् ।