मधेशमा यसरी हुँदैछ एसईई परीक्षा, धनुषाबाट सबभन्दा बढी परीक्षार्थी
जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । बिहान आठ बजेदेखि परीक्षा सुरु भएको हो । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेकाे छ ।
परीक्षार्थीलाई परीक्षा केन्द्रको गेटमै चेकजाँच गरी भित्र प्रवेश गर्न दिएको छ । केन्द्रमा परीक्षार्थी र गार्ड शिक्षकलाई समेत मोवाइलमा प्रतिबन्ध लगाएको छ । सुरक्षाकर्मीहरु बाहिरबाटै सुरक्षा दिने व्यबस्था केन्द्रहरुमा मिलाइएको छ ।
मधेश प्रदेशबाट ८१ हजार ७६८ परीक्षार्थी एसईई परीक्षा दिदैछन् । यस प्रदेशमा सबभन्दा बढी धनुषाबाट ४८९ जना प्राविधिकतर्फका गरी १२ हजार २१४ परीक्षार्थी छन् ।
यस्तै सिराहाबाट १० हजार ९२३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट नौ हजार ४६९, बाराबाट नौ हजार ४४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार ३२३ परीक्षार्थी सहभागी भएका छन् ।