सिन्धु एमालेका चुनौती र नयाँ नेतृत्वका कार्यभार – Nepal Press

सिन्धु एमालेका चुनौती र नयाँ नेतृत्वका कार्यभार

सन् १९६३ अगष्ट २८ मा अफ्रिकी-अमेरिकी नागरिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किङले अमेरिकाको वासिङ्टन डीसीमा आयोजित प्रदर्शनमा सहभागी भीडलाई आफ्नो प्रसिद्ध ‘आई ह्याभ अ ड्रीम’ (मसँग सपना छ) भन्ने भाषण दिए । उनले अमेरिकी समाजको परिकल्पना गरे जहाँ काला र गोरा मानिसहरू शान्तिपूर्ण र समान रूपमा बाँच्न र बस्न पाउनेछन् ।

नेतामा सपना देख्ने क्षमता चाहिन्छ र त्यो सपना भनेको निदाएको बेलामा देखिने होइन । जोसँग देश समृद्ध बनाउने सपना हुन्छ, परिकल्पना गर्छ, ऊ नेता त हुन्छ नै, नेतृत्वसमेत गर्नसक्छ । नेता हुनु र नेतृत्व गर्नुमा धैरै फरक छ । उनले भने झैं ‘देश र जनताको हित हुने सपना नदेख्ने नेता, जनताको नेता हुन सक्दैनन् । तर, नेतामात्रै चाहिँ हुन सक्छन् । कस्तो खाले भने देशबाट कुस्त लिने, आफू, परिवार र आफन्तलाई पोस्ने खालको ।’

नेता हुनु र नेतृत्व गर्नु अलग कुरा हो । नेतामात्रैले नेतृत्व नगर्न सक्छन् । तर, जसले नेतृत्व गर्छ, ऊ खास नेता हो । असल नेता हुन अझ नेतृत्व गर्न त्यति सहज छैन । तर, अहिले पछिल्लो समय जो पनि नेता भएका छन् । असली नेता त्यो हो, जसले भीडलाई पछि लगाउन सक्छ । भीडको पछि लाग्ने त नेता नै होइन । तर, विडम्बना नेपालमा भीडलाई पछि लगाउने भन्दा भीडको पछि लाग्ने ‘कथित नेता’हरूको संख्या अधिक छ । आजको मूल प्रश्न नै यही हो कि नेता हुने कि नेतृत्व गर्ने ? कुनै पनि सामाजिक, आर्थिक, सांस्कृतिक आदि पक्षको वृत्ति-विकासको लागि नेता नै हुनुपर्छ भन्ने छैन । काम गर्ने आँट, दृढ विश्वास अनि समाज रुपान्तरणको सपना देखियो भने नेता हुन जरुरत नै पर्दैन । नेतृत्व स्वतः आइपुग्छ ।

कहिलेकाहीं कुनै मान्छेले गरेको कर्मले नै पद खोज्दै आइपुग्छ । तर, कहिलेकाहीं कुनै व्यक्ति फलानो पदको लागि योग्य होला भनेर पद दिइयो । तर, सो पदप्रति निजले न्याय गर्न सक्दैन भने त्यस्ता व्यक्तिले नेतृत्व गर्न सक्दैन । तर, देखावटी नेता चैँ हुनसक्छ । जसले बढी पद खोज्छ, कामभन्दा पदमा अनि लाभमा ध्यान दिन्छ, त्यस्ता प्रवृत्ति भएका व्यक्ति नेतामात्रै चाहिँ हुनसक्छ । तर, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दैनन् । अर्थात् नेतृत्व गर्न सक्दैनन् । स्वर्गीय जननेता मदन भण्डारीले २०४८ सालतिर नै भनेका थिए- ‘जसले धेरै चुरीफुरी गर्छ, त्यसलाई कुनै एउटा पद दिएर हेर्दा थाहा हुन्छ, सो पदप्रति कति न्याय गर्‍यो भनेर । क्षमता नै भएर चुरीफुरी गर्‍यो कि देखावटी भन्ने ।’

असल नेता हुन अझ नेतृत्व गर्न त्यति सहज छैन । तर, अहिले पछिल्लो समय जो पनि नेता भएका छन् । असली नेता त्यो हो, जसले भीडलाई पछि लगाउन सक्छ । भीडको पछि लाग्ने त नेता नै होइन । तर, विडम्बना नेपालमा भीडलाई पछि लगाउने भन्दा भीडको पछि लाग्ने ‘कथित नेता’हरूको संख्या अधिक छ ।

पार्टी-आन्दोलनलाई उचाइमा लाने कि आफू नेता बन्ने ?

अहिलेको मुख्य समस्या नै यही हो कि पार्टी-आन्दोलनलाई उचाइमा लाने कि आफू नेता बन्ने ? पार्टी र आन्दोलन कमजोर किन नहोस्, विचार/सिद्धान्तलाई लात मारेर हुन्छ या अपवित्र गठजोड गरेर हुन्छ, जसरी पनि आफू नेता बन्न पर्‍यो । यस्ताखाले प्रवृत्तिका कारण नै आस्थावान, निष्ठावान, इमानदार नेता कार्यकर्ताहरु पार्टीको मूल प्रवाहमा छैनन् । त्यही भएर नै नेपालमा पछिल्लो समयमा च्याउसरी पार्टी निर्माण हुन थालेको छ । यो पनि एक प्रमुख कारण हो ।

नेता भएपछि जतासुकै आफ्नो मान बढेको सम्झने, प्रहरी-प्रशासन, कर्मचारी आदि ठाँउमा सरुवा-बढुवा आदिमा ‘नेता’ भन्ने चिजको ग्लामर देखाउन पनि आन्दोलनको वास्ता नगरी पदको लागि मरिहत्ते गरेका छन् । विभिन्न पार्टी परित्याग गरेर शानको साथ अपवित्र गठबन्धन गर्ने , सिद्धान्त नै नमिल्ने पार्टीमा प्रवेश गर्ने र चर्का कुरा गर्ने ! यस्ता उदाहरण हेर्ने हो भने बग्रेल्ती भेटिन्छन् ।

जिल्ला अधिवेशन र यसका कार्यभार

नेकपा एमालेको केन्द्रीय सर्कुलरअनुरुप २०८१ को जेठ मसान्तभित्र अवधि पुगेका या नपुगेका ८१ वटै (७७ जिल्ला र ४ विशेष जिल्ला कमिटी) जिल्ला कमिटीको अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ । त्यही सर्कुलरअनुसार अहिले नेकपा एमालेको जिल्ला अधिवेशन देशभर चलिरहेको छ । केही जिल्लामा सम्पन्न भैसक्यो, केही जिल्लामा भैरहेको छ र केही जिल्लामा हुँदैछ ।

यो अधिवेशका केहीमहत्वपूर्ण कार्यभार छन् । ती यस प्रकार छन्ः

  • अहिले एमालेभित्र कुनै गुट छैन । तर, पार्टी अध्यक्ष केपी ओलीसँग कुम जुधाएको फोटो देखाउँदै म/हामी २४ क्यारेक्ट हौं भन्ने भ्रम छर्नेहरुको बिगबिगी छ । पार्टीको जिम्मेवारी पूरा नगर्ने तर फोटोखेती गर्ने प्रवृत्तिलाई निर्मूल पार्नु आवश्यक छ ।
  • पार्टीको गतिविधि तीब्र रुपले बढाउनु पर्नेछ । अहिले विभिन्न दिवस या मार्क्स, लेनिन आदिको जयन्तीमा समेत कार्यक्रम नगर्ने परिपाटी बढेको छ । नियमित प्रशिक्षण त कुरै छोडौं, भेला र बैठकसमेत हुन छाडिसक्यो । त्यो अवस्थालाई क्रमशः घटाउँदै लगेर मिसन ८४ सफल पार्नुपर्ने ठूलो चुनौती छ ।

असभ्य व्यवहार, भड्किलो जीवनशैली, दादागिरी गरेर जीवन धान्नेहरु, अनुशासनहीन कार्यकर्ता, वैचारिक अध्ययनशून्य, चेतनाको कमी, कुनै अमुक नेताको पवनपुत्र (हनुमान) र विचारविहीनहरुलाई शुद्धीकरणको दायरामा ल्याउनुपर्ने चुनौती छ ।

  • एमालेको वैचारिक संगठन पुरानै स्थितिमा पुर्‍याउन चुनौती छ ।
  • नवयुवाहरू पार्टीमा ल्याउनुपर्ने चुनौती छ ।
  • संगठनलाई स्पातिलो बनाउनु पर्नेछ ।
  • कार्यकर्ताहरुलाई कम्युनिष्ट आन्दोलन, मार्क्सवाद, जबज आदिबारे प्रशिक्षण दिएर वैचारिक रुपमा स्पातिलो बनाउनु पर्नेछ ।
  • एमालेले सरकारको नेतृत्व गर्दा, जनताको पक्षमा गरेका राम्रा कामको प्रचारप्रसार गरेर जनतामा परेको भ्रम तोडेर एमालेले नै जनताको काम गर्छ र गर्ने पार्टी हो भनेर जनतामाझ पुग्नुपर्नेछ ।
  • पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेछ ।
  • पार्टीको कुनै पनि कमिटीमा नरहेका नेता, कार्यकर्ताहरुको उचित व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।
  • पार्टीमा युवा पुस्ता र पुरानोे पुस्ता मिलाएर नेतृत्व स्थापित गर्ने मुख्य चुनौती छ ।
  • पार्टीविरुद्ध सम्पूर्ण शक्ति लागेको हुँदा पार्टीलाई एक ढिक्का बनाएर जनतामाझ जान झनै चुनौती छ ।
  • असभ्य व्यवहार, भड्किलो जीवनशैली, दादागिरी गरेर जीवन धान्नेहरु, अनुशासनहीन कार्यकर्ता, वैचारिक अध्ययनशून्य, चेतनाको कमी, कुनै अमुक नेताको पवनपुत्र (हनुमान) र विचारविहीनहरुलाई शुद्धीकरणको दायरामा ल्याउनुपर्ने चुनौती छ ।
  • आफ्नै सहयोद्धा/सहकर्मीको श्रीमती/छोरीबुहारी, जुनियर कार्यकर्तालाई गिद्दे नजर लगाउने, इमोसनल ब्ल्याकमेल गरेर यौनजन्य गतिविधि गर्ने, नैतिक रुपमा स्खलित नैतिकहीनहरुलाई कारबाही गर्ने चुनौती छ ।

आफूभन्दा तल्लो तहका कार्यकर्तालाई भरपुर प्रयोग गर्ने, आश, त्रास, लोभ आदि देखाएर जे पनि गर्ने र उक्त चिज मिडियामा या बाहिर आएपछि आफ्ना केही पवनपुत्र (हनुमान) प्रयोग गरेर विषयान्तर गर्ने, त्यस्तै पर्दा जेसुकै हर्कत गर्नेहरुलाई अनुशासित बनाउनुपर्ने चुनौती छ ।

  • आफूभन्दा तल्लो तहका कार्यकर्तालाई भरपुर प्रयोग गर्ने, आश, त्रास, लोभ आदि देखाएर जे पनि गर्ने र उक्त चिज मिडियामा या बाहिर आएपछि आफ्ना केही पवनपुत्र (हनुमान) प्रयोग गरेर विषयान्तर गर्ने, त्यस्तै पर्दा जेसुकै हर्कत गर्नेहरुलाई अनुशासित बनाउनुपर्ने चुनौती छ ।
  • भ्रष्टाचार, अनियमितता आदिको विभिन्न काण्ड आउँदा एमाले मौन बस्नु । कुनै न कुनै काण्डमा एमालेका नेताको नाम मुछिँदा चुपचाप रहनुले हरेक अनियमितमा ठूला भनिएका दलहरु सबै एकै ठाउँमा हुन्छन् भनेर जुन भाष्य स्थापित छ, त्यसलाई मलजल गरेको त छैन ? यदि यसो हो भने एमालेले संलग्नहरुलाई कारबाही गरेर पार्टी शुद्धीकरण गर्न चुनौती छ ।

र, यो प्रवृत्ति भएकाहरु चैँ बढीजसो आन्दोलनको मैदान या तल्लो वर्गबाट आएकाभन्दा पनि टुप्पाबाट पलाएका, नेताहरूलाई दानापानी व्यवस्थापन गरेबापत विभिन्न पद लिएकाहरु बढी भएको देखिन्छ । जो सामान्य कार्यकर्तासमेत हुनलायक रहन्न । त्यस्ताले नै पार्टीप्रति वफादार, इमानदार कार्यकर्ताहरुलाई शासन गरेर आफू ठूलै हुँ भन्ने देखाउन विभिन्न नेताहरूसँग कुम जोडेको फोटोखेती गरेर प्रभुत्व कायम गरेको हुन्छ । यो प्रवृत्ति देखेर इमानदार कार्यकर्ताहरुको मन रुन्छ । फलतः इमानदार कार्यकर्ताहरुलाई यो चित्त बुझ्दैन । अनि आन्दोलनको मूल प्रवाहबाट टाढिएका छन् । सो चिज पार्टी र आन्दोलनका लागि ठूलो नोक्सान हो ।

अन्त्यमा, पार्टी अध्यक्ष केपी ओलीको सपना, नेकपा एमालेको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’लाई साकार पार्नुछ । त्यसको लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक छ । त्यही भएर नै मिसन ८४ को लागि अहिलेदेखि नै योजनाबद्ध रुपमा नेकपा एमालेका नेता कार्यकर्ताहरु लाग्न जरुरी छ । मुख्य अभिभारा एमालेको नेतृत्वमा समतामूलक समाज निर्माण गर्नुछ ।

(लेखक नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *