सुहाङलाई अघि सारेर एमालेले दिएको सन्देश – Nepal Press

सुहाङलाई अघि सारेर एमालेले दिएको सन्देश

उमेरले २५ नाघेको मेरो गाउँले भाइ एउटा मूलधारको पार्टीको कार्यकर्ता बनेको थियो । गएको संसदीय निर्वाचनमा मूलधारको पार्टीमा युवा उम्मेदवार नभएको भन्दै उसले बैकल्पिक धारको नेतृत्व गर्ने नयाँ दलको चुनाव चिन्हमा मत माग्यो । चुनावमा पुराना दलले पुरानै नेतालाई टिकट दिएको भन्दै उसले आक्रोश पोखेको थियो । अहिले इलाममा उपनिर्वाचन हुँदैछ । एमालेले युवा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट ऊसँग भेट भयो । पुरानो पार्टी एमालेले नयाँ युवा नेम्वाङलाई टिकट दियो नि मात्र मैले के भनेको थिएँ, ‘राजतन्त्र र वंशवादविरुद्ध लडेको एमालेले नेताकै छोरालाई टिकट दिएछ’ भनेर उसले आलोचना गर्‍यो ।

उसको भनाइले के देखाउँछ भने मानिसमा आलोचनाको चेत निकै बढेको छ । मन नपरेको दलले राम्रै निर्णय गरे पनि विरोधै गर्नुपर्छ भन्ने भाष्य निर्माण भएको छ । अथवा भनौं, मानिसमा नकारात्मक दृष्टिकोण निर्माण गर्ने परिपाटी बनेको छ । सक्षम र परिपक्व युवा नेतृत्वको परिकल्पना गर्दै गर्दा युवाहरूलाई जिम्मेवारी दिँदै परीक्षण गर्नु आवश्यक छ । यसरी युवाहरूलाई सदैव पछाडि छाडिनु र तिनका मुद्दाको सुनुवाइ नहुनुको एउटा प्रमुख कारण मूलधारको नेपाली राजनीतिमा सशक्त युवा प्रतिनिधित्व नहुनु नै हो ।

कुनै राजनीतिक दलले युवालाई अगाडि सारेमा अल्लारेको संज्ञा दिइन्छ । पछिल्लो पटक नेकपा एमालेले इलामको उपनिर्वाचनमा एक युवालाई चुनाव लड्न पठायो । यसमा केही सकारात्मक र केही नकारात्मक टिप्पणी आए । एमालेबाहेकका अन्य चस्माले यो निर्णय पनि सही देखेन । एउटा युवा, जो विदेशमा बसेर केही गर्दै थियो । ऊ नेपाल फर्केर काम गर्न थाल्यो र अचानक उसको राजनीतिकर्मी बुवाको मृत्यु भयो । सो स्थानमा उसको छोरोलाई उम्मेदवार बनायो । बस्, भएको यति हो ।

तर, यसलाई राजाको सन्तान युवराज भए झैं व्याख्या गर्न थालियो भने अतिरञ्जन हुनेछ । त्यो पनि राजनीतिमा युवा सहभागिता भएन भन्नेहरुबाटै यस प्रकारको बहस हुनु निराश पार्ने काममात्र हो । राजाको छोरो युवराज हुन्छ । तर, नेताको छोरोले टिकट पाउँछ र चुनाव लड्न जान्छ । त्यहाँका जनताले पत्याएनन् भने हार्छ । हुने यही हो । तर, यो विषयलाई राजपरिवारकै उत्तराधिकारीको शैलीको रुपमा व्याख्या गर्नु सान्दर्भिक हुन्न ।

४५-५० वर्षका ‘अंकल’ उमेर समूहका व्यक्तिहरूलाई अहिले हुर्कंदै गरेको युवा पुस्ताले आफ्नो नेता मान्न सकिरहेको छैन । त्यसैले पनि यिनीहरू समय समयमा व्यवस्थाविरुद्ध सडकमा उत्रिन बाध्य छन् । सुहाङ जस्ता व्यक्तिको प्रवेशले मूलधारका राजनीतिक शक्तिमा पनि युवाको आकर्षण बढ्ने निश्चित छ ।

हो, नेपाली राजनीतिमा बाबुको विरासत थाम्न छोराछोरी प्रयोग गरेका धेरै उदाहरण छन् । बाबुआमा जिउँदै हुँदा छोराछोरी अघि सार्नु पक्कै पारिवारिक कुरा हो । तर, मृत्युपछिको हकमा भने यथार्थ हुँदैन । त्यसकारण सुवास नेम्वाङका युवा छोरालाई बाबुको देहान्तपछि भएको उपनिर्वाचनमा उनी संलग्न पार्टीले अघि सार्नु सान्दर्भिक विषय मान्न पर्छ । अस्ट्रेलियामा काम गरेर बसेको युवा नेपाल फर्कनु नै महान कार्यको रुपमा परिभाषित गर्न सकिन्छ । किनभने नेपालका अधिकांश युवाको सपना अस्ट्रेलिया हो । त्यसमाथि शिक्षित र युवा जमातको कम आकर्षण भएको राजनीतिमा हाम फालेर अघि बढ्न खोज्नु उदाहरणीय काम हो । त्यसकारण नेकपा एमालेको यो निर्णयले शिक्षित युवा वर्गको नेपाली राजनीतिप्रतिको विश्वासमा इँटा थप्ने काम गरेको छ । यो अनुकरणीय काम हो ।

४५-५० वर्षका ‘अंकल’ उमेर समूहका व्यक्तिहरूलाई अहिले हुर्कंदै गरेको युवा पुस्ताले आफ्नो नेता मान्न सकिरहेको छैन । त्यसैले पनि यिनीहरू समय समयमा व्यवस्थाविरुद्ध सडकमा उत्रिन बाध्य छन् । सुहाङ जस्ता व्यक्तिको प्रवेशले मूलधारका राजनीतिक शक्तिमा पनि युवाको आकर्षण बढ्ने निश्चित छ । पछिल्लो १० वर्ष नेपालमा अधिकांश युवाको कुरा बुझ्ने, उनीहरुलाई कुरा बुझाउने र मूलधारको नेतृत्व एवं युवा पुस्ताबीचको सेतुको काम गर्ने युवा नेतृत्वको खडेरी देखिँदै आएको छ । यही खडेरीका बीचमा नेपालमा एउटा पुस्ता ‘पोलिटिक्स इज डर्टी गेम’ भनेर हुर्किएको अवस्था छ ।

आफू जस्तै एउटा युवा निर्वाचनमा होमिँदा राजनीतिक सही रहेछ भन्ने भान युवा पुस्तालाई पक्कै पर्नेछ । मूलधारको नेपाली राजनीतिमा यो पुस्ताको प्रतिनिधित्व खासै छैन । यिनीहरू के चाहन्छन्, उनीहरुको महत्वाकांक्षा के हो, यिनीहरू कस्तो भविष्यको कल्पना गर्दैछन् भन्ने कुराको हेक्का न नीति निर्माताले राखेका छन् न त आफ्नो सम्पूर्ण जीवन देश र जनताको सेवा गर्न राजनीतिमा लागेका हौं भन्नेहरूले नै । त्यसलाई चिर्न एमालेको सुहाङ निर्णयले केही सहयोग गर्नेछ ।

यतिबेला नेपालमा संगठित एवं परिपक्व युवा नेतृत्वको खाँचो र खडेरी देखिन्छ । युवा नेतृत्व परिपक्व नहुनुको दोष कसलाई दिने ? धेरैजसो यसको दोष युवा र विद्यार्थी राजनीतिमा लागेका युवा नेताहरूले नै पाउने गरेका छन् । यसकारण मूलधारका युवा र विद्यार्थी राजनीतिमा लागेका युवा नेताहरूले यो एमालेले गरेको सुहाङ निर्णयको वकालत गर्न जरुरी छ ।

पछिल्लो १० वर्ष नेपालमा अधिकांश युवाको कुरा बुझ्ने, उनीहरुलाई कुरा बुझाउने र मूलधारको नेतृत्व एवं युवा पुस्ताबीचको सेतुको काम गर्ने युवा नेतृत्वको खडेरी देखिँदै आएको छ । यही खडेरीका बीचमा नेपालमा एउटा पुस्ता ‘पोलिटिक्स इज डर्टी गेम’ भनेर हुर्किएको अवस्था छ ।

वर्तमान राजनीतिमा सक्षम र परिपक्व युवा नेतृत्व नहुनु भनेको भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा पनि संकट आउनु हो । यस्तो अवस्था आउँदैन भनेर बहस गर्न सकिएला । तर, हाम्रो अहिलेको राजनीतिक संस्कारले इंगित गरेको भविष्य भने त्यही नै हो । राजनीतिमा आफ्नोबाहेक विकल्प नदेख्ने नेपाली राजनीतिक नेतृत्व आफूपछिको पुस्ता तयार पार्न त चुक्यो नै, गलत राजनीतिक संस्कारलाई बढावा दिँदै भविष्य पनि अनिश्चित राखिदियो भन्ने आरोप धेरै लाग्ने गरेको छ । यो आरोप चिर्न नेकपा एमालेको निर्णयले थोरै भए पनि सहयोग गर्ला भन्ने आश गर्न सकिन्छ ।

हाम्रो समाज अनि सामाजिक संस्थाहरूले युवा राजनीतिलाई कसरी लिन्छ भन्ने पनि हो । हामीकहाँ राजनीतिमा लाग्ने युवा नेतृत्वलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । सुहाङको निर्णयमा आलोचना गर्नु भनेको पनि युवा पुस्तालाई राजनीतिप्रति अझै निराश पार्नु हो । सकेसम्म राजनीतिक विषय र बहसबाट परै भाग्न खोज्ने, खासखास घटना र सन्दर्भमा प्रतिक्रियात्मक मात्र हुने तर, विषयको गहिराइमा जान नखोज्ने प्रवृत्ति केही युवामा देखिएको छ । मूलधारका राजनीतिक निर्णयलाई नकारात्मकमात्र देख्ने एकखाले युवा जमात पनि देखिएको छ ।

यस्ताखाले प्रवृत्तिको अन्त्य गर्न सुहाङ जस्ता व्यक्तिको राजनीतिक आगमन सही हुन सक्नेछ । अहिले युवा पुस्तालाई छिट्टै पपुलर र सेलिब्रेटी हुने हुटहुटी लागेको देखिन्छ । साना कामहरूमै नाम खोज्ने एवं उपलब्धि र परिवर्तनतिर भन्दा आफ्नो सामाजिक पूँजी बढेको भ्रममै पारिदिएर राखेको छ । छिटो उपलब्धिको आशामा छटपटिरहेको युवा पुस्तालाई जोखिम मोलेरै लामो संघर्षको यात्रामा लाग्न उत्प्रेरणात्मक प्रश्नहरू पनि सोध्नुपर्ने भएको छ । यस प्रकारका निर्णयले पनि ती प्रश्न सोध्ने हुटहुटी पक्कै बढ्नेछ ।

हुन त युवा पुस्ता पनि छिटो सम्पन्न हुने योजनामा अपराध कर्ममा लागेको पाइन्छ । देश बुढाहरुले बिगारे भन्ने भाष्य पनि पक्कै सहीमात्र छैन । केही समयअघि नक्कली कागजात तयार गरेर सेटिङमा भिजिट भिसामा पठाएको आरोपमा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका बहालवाला ९ अधिकृतसहित २२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।

राजनीतिमा आफ्नोबाहेक विकल्प नदेख्ने नेपाली राजनीतिक नेतृत्व आफूपछिको पुस्ता तयार पार्न त चुक्यो नै, गलत राजनीतिक संस्कारलाई बढावा दिँदै भविष्य पनि अनिश्चित राखिदियो भन्ने आरोप धेरै लाग्ने गरेको छ । यो आरोप चिर्न नेकपा एमालेको निर्णयले थोरै भए पनि सहयोग गर्ला भन्ने आश गर्न सकिन्छ ।

मुद्दा दायर हुनेहरु भर्खरै अधिकृत भएका उरन्ठेउलाहरु नै थिए । तीमध्ये एक जनामात्र ४४ वर्षका थिए । अरु ३७, २७, ३७, ३१, ३९ वर्षका ठिटाहरु थिए । युवाहरुलाई झन् छिटै कमाउनुपर्ने रोग पो लागेको विश्लेषण भएको थियो । प्रशासनिक क्षेत्रमा नयाँ आएकाहरु भने देखासिकीमा परेर झन् छिट्टै सम्पन्न हुन आर्थिक अपराधमा पर्ने गरेको पछिल्लो तथ्याङ्कले पनि देखाएको छ । तर, राजनीतिमा खडेरी परेको ‘के छ है ब्रो’ भन्ने पुस्ताको सहभागिताको लागि भने इलाममा एमालेले गरेको निर्णय सन्देशमूलक हुनसक्छ ।

कुल जनसंख्याको झण्डै ४० प्रतिशत युवा रहेको नेपालले जनसांख्यिक लाभांश लिने सन्दर्भमा युवा सम्बद्ध समस्या तथा चुनौतीहरुलाई चिर्न आवश्यक छ । गुणस्तरीय, समय सापेक्ष, रोजगारमूलक शिक्षाको अभाव, व्यवसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्ध–बेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य, पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशील वातावरणको अभाव, लैंगिक, क्षेत्रीय, जातीय असमानता तथा विश्वव्यापीकरण र उदारीकरणले ल्याएका नकारात्मक प्रभाव नेपाली युवाका समस्या एवं चुनौतीका रुपमा रहेका छन् ।

त्यसैगरी वर्तमान सन्दर्भमा नेपाली युवाका सम्भावना र अवसर पनि उत्तिकै छन् । लोकतान्त्रिक, संघीय शासन प्रणाली र विकासमा सार्थक सहभागिताको अवसर, कृषि, पर्यटन, जलस्रोतलगायतका प्राकृतिक साधनस्रोतको प्रचुरता, बैंक, सहकारी, लघुवित्तको बढ्दो सञ्जालबाट आर्थिक साधनस्रोतमा बढ्दो पहुँच, औपचारिक, व्यवसायिक शिक्षाको बढ्दो सञ्जाल सबैलाई शिक्षा कार्यक्रम, लक्षित समूह एवं भौगोलिक क्षेत्र केन्द्रित विभिन्न कार्यक्रमको विस्तार, सचेतना विस्तारमा विकास साझेदारको बढ्दो सञ्जाल, ठूलो संख्यामा रहेको वैदेशिक रोजगारको अवसर र त्यसबाट प्राप्त सीप, अनुभव र साधनस्रोतको उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै आन्तरिक रोजगारी सिर्जनाको अवसर यसतर्फका अवसर हुन् । यस्ता आधार खडा गरेर युवा लक्षित राजनीतिक वातावरण निर्माण गर्न मूलधारका राजनीतिक शक्तिले अबको बाटो तय गर्नु नै सबैको कल्याणको विषय हो । यसका लागि नेकपा एमालेको पछिल्लो निर्णय सलामयोग्य मान्नुपर्छ ।


प्रतिक्रिया

4 thoughts on “सुहाङलाई अघि सारेर एमालेले दिएको सन्देश

  1. वंशवादको गलत परिभाषा गरेर मूर्ख नबनौं!
    हिजो वंशवादमा राजाको छोरो स्वतः राजा हुन्थ्यो। कहीं कतै जनताबाट अनुमोदित हुनु पर्दैनथ्य।, तर आज कुनै नेताको छोरो नेता वा प्रतिनिधि बन्न जनताबाट आवधिक रूपमा अनुमोदित भइरहनु पर्छ। जनादेशबिना राज्य सञ्चालनको नेतृत्व गर्न पाउँदैन्। #लोकतान्त्रिक_गणतन्त्र लाई कमजोर र परिपूर्ण लोकतन्त्रप्रति विकर्षण पैदा गर्न सामन्तीहरू सुहाङका विरूद्ध फण्डा गरिरहेका छन्। त्यसैले सुहाङको विरोधमा उभिएका छन्।

  2. पुराना भ्रष्ट पार्टीहरु ( माओवादी , कालो काङ्ग्रेस , एमाले, र कथित मधेसबादी र अरु जातिबादिहरु) लाई माटोमा गाडन ढिलो भैसक्यो!

  3. नेपाली राजनीतिक धरातल यौटा प्रयोगशाला मात्र हो भने ठिक छ नत्र ‘सुहांग’ को बिपक्ष्यमा बोल्नु पर्ने कारण छैन !!
    १. जनजातिको छोरा : पहिचान खोज्नेहरुको प्रतिनिधी !!
    २. युवा : जोस जागर र केहि गरम भन्ने हुटहुटी भएको नागरिक !!
    ३. सिक्षित ब्येक्तित्व : सिक्षित र समाजलाई बुझेको युवा जसले धर्तिको लागि सोच्छ !!
    ४. सुवाष नेम्वांगको जस्तो सालिनता : अहिले संसदमा देखिन्छन नि ठुला ठुला ‘साउण्ड बक्स’ जस्ता पड्किनेहरु : जसको न बोलिको ठेगान छ न भनाइको तुक छ !! तिनको लागि जवाफ हुनेछन : सुहांग !!
    ५. सबै भन्दा महत्वपुर्ण कुरा भनेको : देश कम्जोर भएको छ, कुनै यौटा सक्ति ठुलो वा सानु भएर केही हुन सक्तैन : देश बलियो हुन पर्छ : रास्ट्रीय सक्ति चाहिन्छ त्येशको लागि : देशलाई माया गर्ने एक जुट भएर देशको जरा काट्ने धमिराहरुलाई हटाउनु पर्छ : सुहांग त्यो बाटोमा छन्, त्येही भएर जित्नु पर्छ उनले !!!

  4. सुझाव छ : प्रदेश १ को नाम “खुवालुंग” राख्नु !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर