मध्यम र तल्लो क्रमका ब्याटर नचल्दा नेपाल ‘ए’ पराजित – Nepal Press

मध्यम र तल्लो क्रमका ब्याटर नचल्दा नेपाल ‘ए’ पराजित

काठमाडौं । टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग ४० रनले पराजित भएको छ । मध्यम र तल्लो क्रमका ब्याटर नचल्दा नेपाल ‘ए’ दोस्रो खेलमा पनि पराजित भएको हो ।

आयरल्यान्ड ‘ए’ ले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ ओभर ५ बलमा १८४ रनमा समेटियो ।
नेपालले आयरल्यान्ड ‘ए’ आक्रामक सुरुवात गरेको थियो । पहिलो ६ ओभरमा ८७ रन जोडेको नेपालले मध्यम र तल्लो क्रममा त्यसलाई निरन्तरता दिन सकेन । टप अर्डरका ब्याटर लोकेश बलले १३ बलमा २५ रन, कप्तान विनोद भण्डारी १३ बलमा २६ र देव खनाल २५ बलमा ४७ रन जोड्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।

८ ओभर ४ बलमा ३ विकेट गुमाएर ११० रन जोडेको नेपालको त्यसपछि भने लगातार विकेट झर्‍यो । मध्यम क्रमका आरिफ शेख १४, किरण थगुन्ना ३, पवन सर्राफ १० र बसिर अहमद २७ रनमा आउट भए । तल्लो क्रमका रसिद खान, विपिन खत्री, कमलसिंह ऐरीले धैर्यता राखेनन् । ८ ओभर ४ बलमा ३ विकेट गुमाएर ११० रन बनाएको नेपाल १७ ओभर ५ बलमा १८४ रनमा समेटिन पुग्यो ।
बलिङमा आयरल्यान्ड ‘ए’ ले बेन व्हाइटले ३, फिओन ह्यान्ड र टम मेयसले दुईदुई, म्याथ्यु फोस्टर र ग्यारेथ डेल्नीले एकएक विकेट लिए ।

यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ का लागि पिजे मुर, निल रक ७१, फिओन ह्यान्ड १९, रस अडेर १७, जेम्स मक्कोलम २६, ग्यारेथ डेल्नी १० रन बनाएका थिए । बलिङमा नेपालका सागर ढकालले ३, पवन सर्राफ र कमल ऐरीले एकएक विकेट लिएका हुन् । पहिलो टी–२० खेलमा नेपाल आयरल्यान्डसँग २१ रनमा पराजित भएको थियो । यो जितसँगै तीन खेलको टी–२० सिरिज आयरल्यान्ड ‘ए’ ले आफ्नो पक्षमा पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर