पश्चिम नेपाल बस व्यवसायीमा पाँचौ पटक नेतृत्वमा पुगे दधिराम खरेल, प्यानलै विजयी
रुपन्देही । पश्चिम नेपाल बस व्यवसायी प्रालिको दोस्रो अधिवेशनबाट दधिराम खरेलको नेतृत्वमा सबै दल निकटका व्यवसायीहरुको संयुक्त व्यवसायी प्यानल निर्वाचित भएको छ । २ हजार १ जना व्यवसायी आवद्ध देशकै ठूलो मानिएको यो संस्थामा खरेल पाँचौं पटक नेतृत्वमा जाँदैछन् ।
पहिले पश्चिम नेपाल बस व्यवसायी समिति रहेकोे बेला उनले तीन कार्यकाल नेतृत्व गरेका थिए । पछि सरकारले सबै व्यवसायी समिति खारेज गर्ने निर्णय गरेपछि उनै व्यवाियीहरु मिलेर प्रालि बनाएपछि खरेलले नै नेतृत्व गरेका थिए ।
दोस्रो अधिवेशनमा जसको नीति उसको नेतृत्व भन्ने नारासहित खरेलको नेतृत्वमा संयुक्त व्यवसायीहरुको प्यानल घोषणा गरिएको थियो । यो प्यानलबाट यसअघिका अध्यक्ष खरेललाई प्रालिको अध्यक्षमा अघि सारिएको थियो । त्यस्तै प्रालिको सञ्चालक समितिमा जीवनकुमार बञ्जाडे, मोहन पिएस, रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण भण्डारी, नारायणप्रसाद घिमिरे, गोपालबहादुर पौडेल, चेतनारायण बेलबासे, रामचन्द्र भुसाल र सुरेन्द्र श्रेष्ठ रहेका थिए ।
उनीहरु सबै विजयी भएको प्रमुख निर्वाचन अधिकृत रामराज पोखरेलले जानकारी दिए । निर्वाचनमा खरेलले १४३६,रामचन्द्र खड्काले १२८३, जितेन्द्र खत्री १३३१, नारायणप्रसाद भण्डारी १२५१, नारायणप्रसाद घिमिरे १२६३, गोपालप्रसाद पौडेल १३८६, चेतनारायण बेल्वासे १३२६, रामचन्द्र भुसाल १४६७, सुरेन्द्र श्रेष्ठ १३८४, मोहन पिएस १४४०, जीवनकुमार बन्जाडे १३४७ मत ल्याएर विजयी भएका हुन् ।
विजयपछि खरेलले प्रा।लिलाई अझ सक्षम र सुदृढ बनाउंन आफ्नो मुख्य जिम्मेवारी रहने, समितिबाट कम्पनी जाँदा धेरै ठूलो आर्थिक भार परेको अवस्थामा त्यसलाई समाधान गरेर कम्पनीलाई सक्षम बनाउने प्रतिवद्धता जनाएका छन् । व्यवयासीलाई राहत, दुर्घटना न्यूनीकरण, सवारी साधनको बिमा पोलिसलाई अझ चुस्त बनाउन आफ्नो नेतृत्वको टीमले काम गर्ने उनको प्रतिवद्धता छ ।
खरेलले निर्वाचनको समयमा एक टीम बनेपनि अब सबै व्यवसायीको सामुहिक हितका लागि सबैसँग हातेमालो गरेर जनो बताए । शनिबार दिउसो सकिएको मतदानको गणना राती नै सकिएको हो । अर्को प्यानलको नेतृत्व गरेका पदमराज गाहाले भने जम्मा ६५९ मत मात्र प्राप्त गरे ।
त्यस्तै रुट नम्बर १ खमा जिवन रेग्मी, २ मा विधानराज श्रेष्ठ, ३ मा विजयकुमार तिवारी, ८ मा सागर पिएस र १६ मा लिलाधर खराल निर्विरोध भएका छन् भने रुट नम्बर ४ मा थम्मनबहादुर बस्नेत, ५ मा कमलबहादुर क्षेत्री, ६ मा रामभगत चौधरी, ७ मा शंकर ज्ञवाली ९प्रकाश०, ९ मा हिमाल श्रेष्ठ, १० मा युवराज नेपाल, ११ मा सुर्यप्रकाश ढुंगाना, १२ मा मनबहादुर पौडेल, १३ मा टेकराज भट्टराई ९रामु०, १४ मा डोरनाथ ढकाल र १५ मा प्रकाश बन्जाडे विजयी भएका छन् ।