सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा पहिरो
नेपाल प्रेस
२०८० चैत १८ गते १३:३०
काठमाडौं । सात कारोबार दिनसम्म सकारात्मक सर्किट लागेको सर्वोत्तम सिमेन्टमा आइतबार नकारात्मक सर्किट लगेको छ ।
आज सर्वोत्तमको प्रतिकित्ता सेयर मूल्य ९.९९ प्रतिशत घटेर ९७४ रुपैयाँ ५० पैसा कायम भएको छ । बिक्री चाप बढेसँगै सेयरमा गिरावट आएको हो ।
चैत ६ गतेदेखि कारोबारमा आएको सर्वोत्तमको ५५६ रुपैयाँमा पहिलो कारोबार सुरु भएको थियो । त्यस यता भाउ बढेर १ हजार ८३ रुपैयाँसम्म पुगेको थियो । तर आज भने १ सय ८ रुपैयाँले भाउ घटेर ९७४ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यद्यपि कारोबारमा सबैभन्दा अग्रस्थानमा छ । आज २८ करोड ३५ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर खरिद बिक्री भइसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर