कास्कीको भदौरेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते
पोखरा । अन्नपूर्ण गाउँपालिका–४ सल्लाघारीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–४ सल्लाघारीमा दुर्घटना हुँदा दुई जनाको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको उपचारका क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए । दुर्घटनामा अन्य १० जना घाइते भएको रानाले बताए ।
उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ ।