एनसेल एचआर मिट २०२४ मा दुई अवार्डबाट सम्मानित
काठमाडौं । एनसेल ‘एचआर मिट २०२४’ मा दुईवटा अवार्डबााट सम्मानित भएको छ । एनसेल ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ बाट सम्मानित भएको हो ।
नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे वापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनलएचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ जित्न सफल भएको कम्पनीले जनाएको छ । यसअघि एनसेलले नेशनलएचआर एक्सिलेन्स अवार्ड २०२० पनि जितेको थियो ।
राष्ट्रिय मानव संसाधन उत्कृष्टता सम्मान अर्थात नेशनल एचआर एक्सिलेन्स अवार्ड नेपालमा प्रदान गरिने सबैभन्दा ठूलो एचआर अवार्डको रुपमा चिनिन्छ ।
नेशनल एचआर एक्सिलेन्स सम्मानका साथै एनसेललाई ‘एक्सिलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट अवार्ड २०२४’ पनि प्रदान गरिएको छ । यस अवार्डले अन्तर्राष्ट्रिय सिकाइ र विकास अभ्यासहरूका साथ श्रमशक्तिको पोषण गर्ने कम्पनीको संस्कृति र प्रतिबद्धताको सम्मान गरेको जनाइएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धनिर्देशक जाब्बोर कायुमोभले भने, ‘यो उल्लेखनीय उपलब्धि हामी कसरी आफ्ना श्रम शक्तिकेन्द्रित भएर कार्य गर्छौ भन्ने कुराको एक प्रमाण हो । एनसेल परिवारका प्रत्येक सदस्यहाम्रो यो सफलता र उनीहरुको समर्पण तथा योगदानको लागि हृदयदेखि प्रशंसाको हकदार छन् । यी सम्मानहरुका लागि हामी निर्णायक मण्डल र आयोजक ग्रोथसेलर्स नेपाललाई धन्यवाद दिन्छौं ।’