एक महिनामा १ लाख २८ हजारभन्दा धेरै पर्यटक भित्रिए, कुन देशबाट कति ? – Nepal Press

एक महिनामा १ लाख २८ हजारभन्दा धेरै पर्यटक भित्रिए, कुन देशबाट कति ?

काठमाडौंं । मार्च महिनामा विभिन्न देशबाट नेपाल घुम्न आउने संख्या १ लाख २८ हजार १६७ जना पर्यटक नेपाल घुम्न आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा विभिन्न देशबाट हवाई मार्ग हुँदै १ लाख २८ हजार १६७ जना पर्यटक पर्यटक नेपाल भित्रिएका हुन् ।

गत महिनामा ७९ हजार ४२६ जना पर्यटक भित्रिएका थिए । विशेष गरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् ।

मार्चमा नेपाल भ्रमणमा आउने मध्ये सबैभन्दा धेरै भारतबाट ३० हजार हजार ६९८ जना पर्यटक रहेका छन् ।

चीनबाट १२ हजार ९३ जना, अमेरिकाबाट १० हजार ७६३ जना, युकेबाट ७ हजार २४१, श्रीलंकाबाट ५ हजार ७४१, जर्मनीबाट ५ हजार २५५ थाइल्यान्डबाट ४ हजार ५६७, अष्टेलियाबाट ४ हजार ३४५, फ्रन्सबाट ३ हजार २४० र म्यानमारबाट ३ हजार १३१ जना पर्यटक नेपाल आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *