प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध १० दिनभित्र उजुरी दिन सकिन्छ : सभापति कार्की
नेपाल प्रेस
२०८० चैत १९ गते १४:३८
काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।
सोमबार संघीय संसद भवनको शंकर हलमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बैठकले रायाविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो ।
रायाविरुद्ध कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया