काठमाडौं आएका हर्क साम्पाङ प्लेकार्ड बोकेर एक्लै उभिए
काठमाडौं । धरानका मेयर हर्क साम्पाङ केही दिनदेखि संघीय राजधानी काठमाडौंमा छन् । धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर उनी सिंहदरबार धाइरहेका छन् । योबीचमा उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटे ।
काठमाडौं आएको मौकामा उनले आज बिहानै सडक किनारमा एक्लै उभिएर प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा वकालत गरेका छन् ।
उनले ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’ लेखिएको ब्यानर बोकेको तस्बिरमा फेसबुकमा हालेका छन् ।
आज ‘जनमतबार’ भन्दै साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।
होइन प्लेकार्ड पनि अनौठो छत! निर्वाचित होकि निर्वाची भन्या???😄😄😄
संघिय लोकतान्त्रिक गणतन्त्रको सुधारको आशा बाँकी एक मात्र विकल्प जनता द्वारा निर्वाचित प्रत्यक्ष कार्यकारी प्रमुख नै हेर्न बाँकी हो!!!!!!!!!!!
निर्वाचि भनेको के रहेछ?
सामाजिक सन्जाल मा भाईरल हुने मा नै खुशी देखिन्छन