काठमाडौं महानगरमा गरिब घरपरिवार गणना हुने, गणक र सुपरिवेक्षकलाई तालिम – Nepal Press

काठमाडौं महानगरमा गरिब घरपरिवार गणना हुने, गणक र सुपरिवेक्षकलाई तालिम

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र गरिब परिवारको गणना हुने भएको छ । चैत २५ गते सुरु हुने गणनाको लागि गणक र सुपरिवेक्षकहरुलाई मंगलबारदेखि तालिम दिइएको छ ।

तथ्याङ्क अधिकृत कृष्णराज तिवारीका अनुसार जनगणना २०७८ ले महानगरपालिकाभित्र देखाएको घरपरिवार संख्या २ लाख ३८ हजार ९६६ लाई वडागत रुपमा हेरेर गणक र सुपरिवेक्षक खटाउने तयारी छ । १ जना गणकले १ महिनामा २५० घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइने उनले बताए ।

यसमा सबैभन्दा धेरै वडा नं. १६ र ३२ मा २१-२१ जना खटिनेछ । तिवारीका अनुसार वडा नं ६ र ३१ मा १४-१४, वडा नं १५ मा १२, वडा नं १४ मा ११, ४ र ७ मा १०-१० जना जनशक्ति परिचालन हुनेछन् ।

यस्तै वडा नं २६ र १३ मा ९-९ र वडा नं ३, ९ र १० मा ८-८ जना जनशक्ति खटिनेछन् । वडा नं २९ मा ६, वडा नं १७ र ३० मा ५-५, वडा नं ५ मा ४ र वडा नं २, ११, २१ र २८ मा ३-३ जना खटिनेछन् । वडा नं ८, १२, १८, १९, २० र २५ मा २-२ तथा वडा नं १, २२, २३, २४ र २७ मा १-१ जना जनशक्ति खटिनेछन् ।

तिवारीका अनुसार गणकहरुबाट प्राप्त विवरण सुपरिवेक्षकले प्रशोधन गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर