फिनल्याण्डको स्कुलमा १२ वर्षका विद्यार्थीले चलाए गोली, तीन घाइते
नेपाल प्रेस
२०८० चैत २० गते १४:५४
काठमाडौं । फिनल्याण्डको राजधानी हेल्सिन्की नजिकैको एक विद्यालयमा १२ वर्षका एक विद्यार्थीले जथाभावी गोली चलाएका छन् ।
रुसी विश्व च्यानल आरटीका अनुसार गोली चलाउँदा तीन विद्यार्थी घाइते भएका छन् ।
गोली चलाउने १२ वर्षका र घाइते हुनेहरू पनि सोही उमेर समूहका हुन्छन् ।
राजधानी हेल्सिन्कीको उत्तरी क्षेत्रमा रहेको सहर भान्ताको निम्त माध्यमिक विद्यालयमा गोली मङ्गलवार चलेको थियो ।
प्रतिक्रिया