करेन्ट लागेर महिलाको मृत्यु भएपछि सडक अवरुद्ध – Nepal Press

करेन्ट लागेर महिलाको मृत्यु भएपछि सडक अवरुद्ध

दार्चुला । करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् ।

गत शुक्रवार दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारिलमा बाख्रा चराउने क्रममा घाइते भएकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्युपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै गोकुलेश्वर–गन्ना सडक अवरुद्ध गरेका छन् ।

भुईँमा लत्रिएको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी तितराको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधवार बिहान निधन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर