अनलाइन प्रकाशनहरूमा ‘फ्याक्ट चेक’ गरिने – Nepal Press

अनलाइन प्रकाशनहरूमा ‘फ्याक्ट चेक’ गरिने

काठमाडौं । अनलाइनमा प्रकाशन हुने सूचनाहरूको ‘फ्याक्ट चेक’ गरिने भएको छ । गुगल र अष्ट्रेलियन एसोसीएट प्रेस (एएपी) ले गलत सूचनाहरूको प्रवाहमा रोक लगाउनका लागि ‘फ्याक्ट चेक’ गर्ने सम्झौता सुरु गरेको हो ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा एएपीसँगको सम्झौतामा गलत जानकारी र तथ्यहरूको जाँचबुझ गर्ने काम सुरु गरिएको ‘द इपोक टाइम्स’ ले प्रकाशित गरेको छ । जस अनुसार अष्ट्रेलिया र न्युजिल्याण्डमा प्रकाशित हुने अनलाइन कन्टेन्टहरूलाई सत्य तथ्य हो कि होइन भनेर जाँचबुझ गरिने छ ।

यसले अष्ट्रेलियाको सञ्चार र मिडिया प्राधिकरण (एसीएमए) लाई रेगुलेट गर्ने शक्ति प्रदान गर्ने जनाइएको छ । भने, दुवै देशका ३८० भन्दा बढी प्रकाशनहरूलाई सही र भरपर्दो जानकारी प्रदान गर्ने उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर