आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो – Nepal Press

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो

काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्धको पहिलो एक दिवसीयमा नेपाल २१ रनले पराजित भएको छ । आयरल्यान्डले दिएको १५८ रनको मामुली लक्ष्य पछ्याउन नेपाल चुकेको हो ।

पहिले ब्याटिङ गर्दै आयरल्यान्डले १५७ रनको स्कोर खडा गरेको थियो । नेपालका कमलसिंह ऐरीले ह्याट्रिक लिँदै आयरल्यान्डलाई सस्तोमा समेट्न योगदान गरे ।

तर, दोस्रो इनिङमा नेपालले खराब ब्याटिङ गर्दै नतिजा आयरल्यान्डलाई सुम्पियो ।

नेपाललाई ओपनर देव खनालले आक्रामक सुरुवात दिलाएका थिए । उनी र अर्जुन कुमालबीच पहिलो विकेटका लागि ५.१ ओभरमा ३५ रनको साझेदारी भएको थियो । तर, २६ रनको व्यक्तिगत स्कोरमा देव आउट भएसँगै नेपालको ब्याटिङ लड्खडाउन पुग्यो ।

अर्का ओपनर अर्जुन कुमाल ९ रन, भीम सार्की शून्य, अर्जुन साउद ४ रन, आरिफ शेख शून्य, कप्तान विनोद भण्डारीमा ९ रनमा आउट भएपछि नेपाल ५६ रनमा ६ विकेटको अवस्थामा पुग्यो ।

नवौं नम्बरमा आएका साहब आलमले काउन्टर अट्याक गर्दै नेपालको आशा जगाएका थिए । तर, नेपाललाई जीतका लागि २१ रनमात्र चाहिएको अवस्थामा उनी आउट भए । नेपाल १३६ रनमै समेटियो ।

आयरल्यान्डका म्याथु हुम्फ्रेजले ५ विकेट र लियाम म्याककार्थीले ४ विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *