एमबीबीएसको लागि लुम्बिनी सरकारद्वारा जनस्वास्थ्य कार्यालयको भवन राप्ती प्रतिष्ठानलाई हस्तान्तरण
दाङ । दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएसको कक्षा सञ्चालन गर्ने गरि आन्तरिक तयारी तीव्र पारेको छ । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबीबीएसका कक्षाहरु सन्चालन गर्ने तयारीका सन्दर्भमा यसै आर्थिक वर्षदेखि तयारी व्यापक पारिएको जानकारी दिए ।
यसैक्रममा एमबीबीएसकै तयारीका लागि जिल्ला जनस्वास्थ्य कार्यालय दाङले प्रयोग गर्दै आइरहेको कार्यालय भबन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रतीष्ठानलाई हस्तान्तरण गर्ने भएको छ ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले प्रतीष्ठानमा एमबिबिएस कक्षा सन्चालनको तयारीका लागि भवन चाहिने भएकाले काममा सहजताका लागि जनस्वास्थ्य कार्यालयको भवन प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरिएको बताए ।
प्रतीष्ठानका उपकुलपति डा. विकास लामीछानेले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई जनस्वास्थ्यको भबन उपलब्ध गराउन सहयोग गरेकोमा प्रदेश सरकार, प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल, स्वास्थ्य सचिव डा. जनार्दन पन्थिसहित सहयोग गर्ने सरोकारवाला सबैलाई धन्यवाद दिए ।
रजिष्ट्रार लम्सालले जनस्वास्थ्य कार्यालयको भबनलाई एमबिबिएसको सन्चालनको तयारी गर्न उपयोग गरिने बताए । उनले दिएको जानकारी अनुसार त्यस भवनमा एमबीबीस कक्षा सन्चालनका लागि नियुक्त हुने प्राध्यापकहरुको कार्यालय भवन र प्रतीष्ठानको प्रशासनिक भवनको रुपमा प्रयोग गरिने छ ।