वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय बजारको आचरणको निरीक्षण गर्ने – Nepal Press

वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय बजारको आचरणको निरीक्षण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०८० संसोधन भएको छ । राष्ट्र बैंकले संसोधन गरेको विनियमावलीले वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा खडा गर्ने अवधारणा ल्याएको छ ।

वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षणको व्यवस्था अन्र्तगत वित्तीय समावेशिता, वित्तीय साक्षरता, बजार आचरण तथा वित्तीय ग्राहक संरक्षणसम्बन्धी विषयको निरीक्षण तथा सुपरिवेक्षणको कार्य तोकिएको कार्य विवरण र कार्यविधिको अधिनमा रही वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले गर्नेछ । उक्त कार्यको लागि महाशाखाले छुट्टै कार्यविधि बनाई लागू गर्न सक्नेछ । महाशाखाले टुलकिट बनाइ लागू गर्न सक्नेछ ।

प्रुडेन्सियल सुपरभिजनसँग जोडिएका विषयमा सम्बन्धित सुपरिवेक्षण विभागसँग समन्वय गर्ने निवियमावलीमा उल्लेख छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी विषयको विशेष निरीक्षण प्रतिवेदन गर्भनरले स्विकृत गर्नेछ ।

गैर–स्थलगत सुपरिवेक्षण इकाइले तयार गरेको बार्षिक प्रतिवेदन स्विकृत गर्नेछ । वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले तयार गरेको प्रतिवेदन, समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, विशेष निरीक्षण प्रतिवेदन गर्भनरले स्विकृत गर्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *