नयाँ वर्षमा, सीजीको ‘नयाँ सोचौं, नयाँ रोजौं’ उपहार योजना – Nepal Press

नयाँ वर्षमा, सीजीको ‘नयाँ सोचौं, नयाँ रोजौं’ उपहार योजना

काठमाडौं । सीजी ईलेक्ट्राेनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ ‘नयाँ सोचौं, नयाँ रोजौं’ भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ ।

यस उपहार योजनाअन्तर्गत सी.जी. तथा सी.जी. मेरिडियाको उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि रु. ५८,८०० सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको छ ।

आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आफ्नै ब्राण्ड सीजीको विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सक्नुहुनेछ ।

यस उपहार योजना अन्तर्गत सी.जी. का विभिन्न उत्पादन जस्तै एल.ई.डि टि.भि., गुगल टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।

यसरी ३२”, ४३”, ५०”, र ५५” को एल.इ.डी. टि.भि., अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५” र ७५” को गुगल टि.भी. मा क्यासब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ ।

त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के.जी. एरियल उपहार रहेको छ ।

माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सक्नुहुनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्नुहुनेछ ।

साथै ण्५ ई.एम.आई. सि.जी. लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयां सि.जी.को सामान साट्न सक्ने सुबिधा पनि रहेको छ ।

यो योजना चैत्र २१, २०८० देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *