एसईई : चिट चोराउन ह्वाट्स एप ग्रुप, प्रिन्सिपलसहित ५ जना पक्राउ – Nepal Press

एसईई : चिट चोराउन ह्वाट्स एप ग्रुप, प्रिन्सिपलसहित ५ जना पक्राउ

रुपन्देही । एसईई परीक्षामा बाँकेमा सूचना प्रविधिको प्रयोग गरी चिट चोराउने एक विद्यालयका प्राचार्यसहित ५ जना पक्राउ परेका छन् । परीक्षामा ह्वाटएसबाट प्रश्नपत्र बाहिर लैजाने र उत्तर विद्यार्थीलाई पुराउने काम गरिरहेका ५ जना प्रशासनको फन्दामा परेका हुन् ।

परीक्षा केन्द्रबाट प्रश्नपत्र अनलाइनको माध्यमबाट बाहिर पठाउने र बाहिरबाट सामाजिक सञ्जालको प्रयोग गरी उत्तर लेखेर परीक्षार्थीसम्म पु¥याउने गिरोहलाई प्रशासनले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अनलाइन चिट चोराउने कार्यमा विद्यालयका प्रिन्सिपल आफै संलग्न रहेको फेला परेको र यसरी चिट चोराउने लोटस इंग्लिश मिडियम हाईस्कुलका प्रिन्सिपल तपन शर्मासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ पर्नेमा सोही विद्यालयका पार्टटाइम शिक्षक अफ्ताव खान र एवन कन्सल्टेन्सीका संचालक इर्फान अलि मिकरानी सहित दिलिप बिक र सन्तोष नेपाली रहेका छ्न् ।

पक्राउ परेकाहरुले कन्सल्टेन्सीबाट मोबाइल प्रयोग गरी प्रश्नपत्र आउट गराउने र उत्तर तयार गरी व्हाट्स एपमार्फत विद्यार्थीलाई पठाउने गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रजिअ पोखरेलले बताए । प्रशासनको टिमले कन्सल्टेन्सीबाट मोबाइल ५ थान, ल्यापटप १ थान, गाइड, सोलुसन, केही मोबाइल नम्वर उल्लेख भएको कागज बरामद गरेको छ ।

लोटसका शिक्षक अफ्तावलगायतले मोबाइल नम्बर ९८०४५४४१७६ बाट २७ जनाको वाट्सएप ग्रुप बनाएर समूहगतरुपमा उत्तर पठाउने कार्य गरेको पोखरेलले बताए । परीक्षालाई मर्यादित बनाउन ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्षसहितको टीमलाई परिवर्तन गरिएको छ । प्रशासनले यो विषयमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *