रामराजा सिंह स्वास्थ्य प्रतिष्ठानको विकास समिति अध्यक्षमा पशुपति चौधरी नियुक्त
नेपाल प्रेस
२०८० चैत २२ गते १५:०४
काठमाडौं । सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा. डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई अध्यक्ष र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।
यस्तै, उनले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको बताइन्।
प्रतिक्रिया
सम्बन्धित खवर