ग्वार्को फ्लाइओभर निर्माणमा भइरहेको ढिलासुस्तीप्रति स्थानीयको गुनासो, अनसन बस्ने चेतावनी – Nepal Press

ग्वार्को फ्लाइओभर निर्माणमा भइरहेको ढिलासुस्तीप्रति स्थानीयको गुनासो, अनसन बस्ने चेतावनी

काठमाडौं । ग्वार्को फ्लाइओभर निर्माणमा भइरहको ढिलासुस्तीलाई लिएर स्थानीयहरूले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।

शुक्रवार ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठ मसान्तसम्म सकिसक्न आग्रह गर्दै स्थानीयहरूले ध्यानाकर्षण गराएका हुन् । उनीहरूले जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि त्यो अनुसारको योजना बनाएर काम नगरेको बताए ।

फ्लाइओभरको निरीक्षण र स्थानीयहरूलाई साथ दिन पुग्नुभएका बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले परियोजना निर्माणमा धेरै नै ढिलासुस्ती भइरहेको बताए ।

उनले परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौं उपत्यकाभर नै ट्राफिक प्रणालीमा असर परेको भन्दै समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराए ।

उनले समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयहरूलाई दैनिक जनजीवनमा असर परिरहेको उल्लेख गरे । उनले जेठ मसान्तसम्म सक्ने प्रतिविद्धताअनुसार काम नभए र समयमै काम नसकिए फ्लाइओभर निर्माण स्थलमै अनसन बस्न बाध्य हुने चेतावनी दिए ।

यता निर्माण कम्पनीले भने केही समय यता २४ सै घण्टा काम गरिरहेको बताएको छ । चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *