इलाममा पहिचानवादी उम्मेदवार थेगिमलाई बाबुरामको समर्थन – Nepal Press

इलाममा पहिचानवादी उम्मेदवार थेगिमलाई बाबुरामको समर्थन

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम २ मा स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ।

पहिचानवादीको तर्फबाट उम्मेदवार बनेका थेगिमलाई समर्थन गर्ने निर्णय भएको नेसपा प्रवक्ता कृष्ण शर्माले विज्ञप्ति जारी गर्दै बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ- परम्परागत राजनैतिक दलहरूको सिन्डिकेट, सत्ता स्वार्थ र संसदीय राजनीतिको चङ्गुलबाट देशलाई अग्रगामी निकास दिन आवश्यक छ ।

अतः समतामूलक समृद्धि, पहिचान र सामर्थ्य सहितको संघीयता, सुशासन/सदाचार, राष्ट्रिय स्वाधीनता र समुन्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदाताहरूमा हाम्रो पार्टी हार्दिक आव्हान गर्दछ ।

थेगमलाई सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले पनि समर्थन गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर