गुट गर्ने नेतालाई कारवाहीको माग गर्दै त्रिपाठीले दिए एमाले अनुशासन आयोगमा उजुरी – Nepal Press

गुट गर्ने नेतालाई कारवाहीको माग गर्दै त्रिपाठीले दिए एमाले अनुशासन आयोगमा उजुरी

पोखरा । नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन गुटबन्दी गरेको भन्दै अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएका छन् ।

अधिवेशनमा एमालेको विधान उल्लंघन हुने गरी गुटगत उम्मेदवार बनाएको भन्दै त्रिपाठीले उजुरी दिएका हुन् ।

अधिवेशनमा पार्टीमा चरम गुटबन्दी गरेर विधान विपरित प्यानल लिस्ट वनाएको, प्रर्चा पम्मेलट व्यानर निर्माण गरिएको भन्दै पार्टी विधानको धारा ८० को २ आर्कषण हुने पार्टीभित्र गुटबन्दी गरि प्रतिशोध पुर्ण व्यवहार गरी अनुशासन उल्लंघन गरेको त्रिपाठीले सुनाए ।

पार्टीको बन्दसत्र चलिरहेको बेला साइमान साइमन पार्टी प्यालेस सिर्जनाचोक र न्यूइरा पार्टी प्यालेसमा छुट्टाछुट्टै दुई गुटका भेला आयोजना गरी प्रतिनिधिहरूलाई प्रभावित पारिएको उनको भनाइ छ ।

आआफ्नो समूहको उम्मेदवारको सूची बनाएर सहभागी मतदातालाई प्रलोभन र धम्कीमा पारी मतदान गर्न उर्दी जारी गर्ने माथी उनले अनुशासनको कारवाहीको माग गरेका छन् ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटको प्यानलसहित उम्मेदवारी परेको थियो। गुरुङको तर्फवाट माधव बास्तोला र अधिकारी प्यानलबाट बैन बहादुर अधिकारीले उम्मेदवारी दिएका थिए। त्रिपाठीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर