अन्तर्राष्ट्रिय म्याराथन बुद्ध जन्मस्थलमा आयोजना, लुम्बिनी पीस म्याराथनको रुटलाई अन्तर्राष्ट्रिय मान्यता – Nepal Press

अन्तर्राष्ट्रिय म्याराथन बुद्ध जन्मस्थलमा आयोजना, लुम्बिनी पीस म्याराथनको रुटलाई अन्तर्राष्ट्रिय मान्यता

रुपन्देही । लुम्बिनीमा अन्तर्राष्ट्रिय म्याराथन आयोजना गरिएको छ ।

गतवर्ष नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् लुम्बिनीले आयोजना गरेको म्याराथन यस वर्ष भने नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा म्याराथनको आयोजना गरेका हुन् । यो लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको दोस्रो संस्करण हो ।

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन २०२४ मा तिर्थ पुन प्रथम भएका छन् । ४२.१९५ किलोमिटरको फुल म्याराथनमा बागलुङ घर भएका भारतीय सेनामा रहेका पुन प्रथम हुन सफल भएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराई जानकारी दिए । त्यसैगरी दोस्रोमा खड्गबहादुर खड्का र दुर्गाबहादुर बुढा तृतीय भएका छन् ।

फुल म्याराथनमा प्रथमले ५ लाख, दोस्रोले ३ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख ८० हजार, पाचौंले ६० हजार, ४० हजार, २० हजार, १० हजार ५ हजार , १० जनाले प्राप्त गरेका छन् ।

त्यसैगरी आफ म्याराथन महिलाको २१ किलोमिटर दौडमा सन्तोषी श्रेष्ठ प्रथम, द्वितीयमा पूर्णलक्ष्मी न्यौपाने र तृतीयमा पुस्पा भण्डारी भएकी छन् । प्रथमले २ लाख, दोस्रोले १ लाख ६० हजार, तेस्रोले १लाख २० हजार प्राप्त गरेका छन् ।

विद्यार्थी दौडमा छात्रामा अरनिमा चौधरी प्रथम, कुसुम ठगुन्ना द्वितीय , भूमा चौधरी तेस्रो भएका छन् । छात्रतर्फ उमेश वरइ प्रथम, द्वितीयमा सन्देश पाण्डे, अनिस कुमार क्षेत्री तृतीय भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । ५ हजार मिटर दौडमा सहभागी प्रथम, द्वितीय र तृतीय ले क्रमशः १५ हजार, १० हजार ५ हजार पाएका छन् ।

बिहान लुम्बिनी स्क्वारबाट सुरु भएको म्याराथन भैरहवासम्म पुगी पुनः लुम्बिनी स्क्वायर आएर टुंगिएको थियो । म्याराथन अन्तर्गत पुरुषतर्फको फुल म्याराथन ४२।१९५ किलोमिटरको रहेको थियो । त्यस्तै हाफ म्याराथन महिलाको २१ किलोमिटर दुरी रखिएको छ ।

त्यस्तै खुलातर्फ महिलारपुरुष र विद्यार्थीका लागि ५ किलोमिटर रुट तय भएको थियो । म्याराथनतर्फ शीर्ष १० मा रहने खेलाडीले नगद पुरस्कार पाएका छन् । म्याराथनको परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले म्याराथन हर्न बजाएर शुभारम्भ गरेका थिए ।

लुम्बिनी पीस म्याराथनको रुट अन्तराष्ट्रिय मान्यता
यसैबीच लुम्बिनी पीस म्याराथनको रुट अन्तराष्ट्रिय मान्यता पाएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा हुने यो म्याराथनलाई खेलकुदको स्वतन्त्र मान्यता प्राप्त सदस्यहरूको गठबन्धन एम्सले मान्यता दिएको हो ।

दोस्रो संस्करणको म्याराथनको आयोजना हुन लागेको बेला नेपाल ओलम्पिक कमिटिको सहयोगमा एम्सका प्रतिनिधिले लुम्बिनी पीस म्याराथनको रुटलाई मापन गरि सर्टिफिकेट दिएको हो ।

नेपालगंज, काठमाडौ र पोखरा म्याराथनसंगै अब एम्सबाट मान्यता पाएको यो चौथो ईभेन्ट बनेको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले बताए । विश्वकै उत्कृष्ट ईभेन्टका रुपमा लुम्बिनी म्याराथन हुने उनले दाबी गरे ।

प्राविधिक टोलीहरु आएर करीब ३ दिनको काम सकेर रुट फाइनल भएको उनले बताए । लुम्बिनीको शान्ति दीपबाट शुरु भएर भैरहवासम्मको २१ किलोमिटर दुरी मापन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *